गण्डकी प्रदेश सरकारले उपप्रमुखलाई गाडी सुविधा दिने निर्णय गरेपछि त्यसको वाद प्रतिवाद सुरु भयो ।
कतिपय उपप्रमुख नै गाडी सुविधाको विरोधमा उत्रिएपनि प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ निर्णयबाट टसमस छैनन् ।
गुरुङले गाडी सुविधाबारे यस्तो तर्क गरेका छन्– उपप्रमुखभन्दा तलका कर्मचारीले गाडी सुविधा पाउने, सिडियो, सिइओ, प्रमुख प्रशासनकीय अधिकृतले पाउने, तर वर्षौंदेखि जनताको काम गरेका जनप्रतिनिधिले किन नपाउने ?’
1 Comment