स्थानीय तहका कामहरुप्रति प्रधानमन्त्री ओलीको प्रशंसा - Palikanews.com
Connect with us

अन्तर्वार्ता

स्थानीय तहका कामहरुप्रति प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहहरुले सञ्चालन गरेका विकास कामहरुप्रति खुसी व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराउनुभएको छ । “सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढि हौसिएको देखिन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।”

प्रधानमन्त्रीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि आग्रह गर्नुभयो । “प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,” उहाँले भन्नुभयो, “प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ,” उहाँले भन्नुभयो, “अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ ।” प्रधानमन्त्री ओलीले नेकपाको सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले सरकारले आवश्यक कानुनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताउनुभयो । “केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,” उहाँले भन्नुभयो, “१४ सय किलोमिटर पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन्, बाटोहरु चौडा बन्दैछ ।”

प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले आफ्ना प्रतिबद्धताहरु शीघ्रतिशीघ्र निरुपण गर्छ । द्वन्द्वको खाटाहरु अहिलेसम्म रहनु र चहर्‍याउनु राम्रो होइन ।”

प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने समेत जानकारी दिनुभयो ।

  •  
  •  
  •  
  •  

बागमती51 years ago

कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाह गर्न आग्रह

बागमती51 years ago

वर्तमान सरकार गठनपछि पहिलो मन्त्रिपरिषद्को बैठक

लुम्बिनी51 years ago

लुम्बिनी प्रदेशसभाका ४ सांसदको पदमुक्त नगर्न सर्वोच्चको आदेश

बागमती51 years ago

बेइजिङबाट थप ९७५ अक्सिजन सिलिण्डर नेपाल आईपुगे

प्रदेश १51 years ago

थुलुङ दुधकोशीमै कोरोना संक्रमितको उपचार हुन्छ : अध्यक्ष राई

कर्णाली51 years ago

कर्णाली प्रदेशमा थप १३ जना संक्रमितको मृत्यु

मुख्य समाचार51 years ago

कोरोनाका कारण एकै दिन २१४ जनाको मृत्यु, ९,२४७ संक्रमित

बागमती51 years ago

७४ जिल्लामा निषेधाज्ञा जारी, तिन जिल्लमा छैन

कर्णाली51 years ago

नवनियुक्त दुई मन्त्रीद्वारा शपथग्रहण

शिक्षा / स्वास्थ्य51 years ago

कोभिड–१९ नियन्त्रणसँग सम्बन्धित सामग्रीको जाँचपासलाई छरितो बनाउन निर्देशन

बागमती51 years ago

तातोपानी नाकाबाट आज काठमाडौ आउदै अक्सिजन सिलिण्डर

शिक्षा / स्वास्थ्य51 years ago

डोटी अस्पताललाइ २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement