कटारी नगरपालिकाकी उपमेयरको सबैलाई चकित पार्ने काम - Palikanews.com
Connect with us

प्रदेश १

कटारी नगरपालिकाकी उपमेयरको सबैलाई चकित पार्ने काम

उदयपुर- उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले आफ्नो सुविधाका लागि सवारीसाधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छन्। महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको उपमेयर राउतले बताएकी छन्।

कार्यपालिकाले नगरसभामार्फत् उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो। उपमेयर राउतले जनताको करबाट आफू विलासी सुविधा नलिने र भइरहेकै सवारी साधन प्रयोग गर्ने भन्दै एम्बुलेन्स खरिदको प्रस्ताव राखेको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताए।

शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफ्नो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरी एम्बुलेन्स खरिद गर्ने प्रस्ताव गरेकी हुन्। सोही बमोजिम कार्यपालिकाले निर्णय गरेको प्रवक्ता दनुवारले उल्लेख गरे।

एम्बुलेन्स खरिद गर्ने र कटारी अस्पतालमा सुत्केरी हुने महिलाहरुलाई निःशुल्क घरसम्म एम्बुलेन्सको प्रयोग गर्ने उद्देश्य रहेको उपप्रमुख राउतले बताइन्। आफु जनताको सेवा गर्ने उदेश्यले निर्वाचित भएकोले जनताको सेवा पुग्ने काम गर्नु आफ्नो काम भएको र विकास नभएसम्म विलाशी गाडी चढ्नु शोभानीय नहुने उपमेयर राउतको भनाइ छ।

‘जनता समस्यामा छन्। बाढ़ी,पहिरोले खेतीयोग्य जमीन कटान गरेको छ यो अवस्थामा म कसरी नयाँ गाडी खरीद गर्नु?’ उपप्रमुख राउतले भनिन्, ‘कटारी अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्केको १ वर्षभन्दा बढी भयो। बनाउन खर्च बढी लाग्ने भए पछी एम्बुलेन्स बिहीन भएको कटारी अस्पताललाई जनतालाई सहज होस भनेर नगरपालिकाले आफू चढ्न खरीद गर्न लागेको सवारी खरीद नगरी एम्बुलेन्स खरीद गर्न लागेको हो।’

उपमेयर राउतले नगरपालिकामा स्थानीय निकाय निर्वाचनअघि नै रहेको पुरानो सवारीसाधन प्रयोग गरिरहेकी छन्।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

अन्तर्वार्ता51 years ago

कार्यक्रमको कार्यान्वयन हुने भनेकै स्थानीय तहमा हो : अध्यक्ष थापा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement