बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’ - Palikanews.com
Connect with us

बागमती

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

बाह्रबिसे (सिन्धुपाल्चोक), बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पालाई बदनाम गराउने हिसाबले केही सञ्चार माध्यमले गलत समाचार प्रकाशनगरिएको भन्दै नगरपालिकाले प्रेस वक्तव्य नै जारी गरेको छ ।

बाह्रबिसे नगरपालिकाको सचिवालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरको नाम मुछेर ’रोकिएन मेयरको अवैध धन्दा– भन्सार छली गर्ने गाडी राजश्व नियन्त्रणमा‘ भन्ने शीर्षक राखेर भ्रामक समाचार गरिएको प्रतिबाह्रबिस्रे नगरापालिकाले आपत्ती जनाएको छ । नगरप्रमुखको सचिवालय सदस्य शितल मोक्तानद्वारा जारी गरिएको प्रेसवक्तव्यमा भनिएको छ –’नेपालको संविधान २०७२ ले निर्दिष्ट गरिएको मौलिक हकमध्ये सूचना सञ्चारको हक पनि एक हो । आम नागरिकहरुको सूचना पाउने र सूचित हुने हकलाई संविधानमै व्यवस्था गरिएको व्यहोरा सवैमा विदितै छ । सोही मौलिक हकमा व्यवस्था भएबमोजिम सूचना पाउने र सूचित हुने कुरामा कोही कसैले पनि कसैको मानमर्दन हुने र व्यक्तिगत जीवनमा आक्षेप लगाउने गरी कपोकल्पितभ्रामक समाचार प्रसार गर्ने छुट कसैलाई छैन ।‘

विज्ञप्तिमा भनिएको छ–’ हालै सिटिजन पोष्ट वेबसाइटबाट भाद्र १५, २०७६ बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाको व्यक्तिगत तथा राजनैतिक द्देष फैलाउने उद्देश्यका साथ रोकिएन मेयरको अवैध भन्दा– भन्सार छली गर्ने गाडी राजश्वको नियन्त्रणमा भन्ने शीर्षकलाई मुख्य प्राथमिकता प्रचारप्रसार गरिएको प्रति गम्भीर ध्यानकर्षण भएको छ ।‘

विगतमा नगर प्रमुखको जिम्मेवारी नसम्हाल्दा सम्ममात्र व्यापार व्यवसायमा संलग्न रहेको तर निर्वाचित भएपछि नगरप्रमुखको दायित्वमात्रै निर्वाहा गरेकोले व्यापार व्यवसायको कुनै पनि जिम्मेवारी नलिएको नगरप्रमुखको सचिवालय सदस्य मोक्तानले बताए । ‘नगरप्रमुखको राजनैतिक तथा व्यक्तिगत जीवनमा चरित्र हत्या गर्ने उद्देश्यले नियोजित तवरले प्रकाशित भएको हो‘, मोक्तानले भने । बाह्रबिसे नगरपालिकाले उक्त सत्यतथ्यको बारेमा भन्सार विभाग रसुवामा बुझ्न समेत सम्बन्धित पक्षलाई चुनौति दिंदै कपोकल्पिक र भ्रामक खबर प्रचार प्रसार गर्ने अनलाइन तथा रिपोर्टरलाई कानुनको दायारामाल्याई कडा भन्दा कडा कारबाही गर्न समेत माग गरेको छ ।

उक्त भ्रामक समाचार प्रति कुनै सत्यता नरहेको नगरप्रमुख शेर्पाले प्रतिक्रिया दिए । आफु विरुद्व फैलाएको अफवाहविरुद्व कानुनी प्रक्रियामा जाने उनले बताए ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

मुख्य समाचार51 years ago

सिंहदरबार भित्र सीसीएमसीको बैठक जारी

समाचार51 years ago

एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ : परराष्ट्रमन्त्री ज्ञवालील

खेलकुद51 years ago

अन्तर्राष्ट्रियको डेब्यु खेलमै भुर्तेको अर्धशतक

मुख्य समाचार51 years ago

एमसीसी सम्झौतालाई अघि बढाउन दलहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

समाचार51 years ago

हतौडा प्रहार गरी बालकको हत्या गर्ने एक जना पक्राउ

बागमती51 years ago

४१४ औँ हप्ताको वाग्मती सफाइ महाअभियानमा जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियता

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement