कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बाजुरा – लागातारको अविरल वर्षासंगै कर्णाली नदीमा पानीको बहाब पढ्दैपछि जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका जोड्ने पीलुचौरस्थित पुल उच्च जोखिममा रहेकोे छ ।

दशक देखि नै कर्णाली नदीको बहाबले बर्षादमा चुनौति दिने गरेको छ । यो पटक पनि पुल माथि पानी बग्न थालेपछि स्थानियलाई आवतजावतमा समस्या देखिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जिवी शाहीले जानकारी दिनुभयो ।

पीलुचौरमा रहेको कर्णाली पुल भत्कीए साविक जुकोट, वाइ र साप्पाटासँगको सबै प्रकारको सम्बन्ध विच्छ्द हुने देखिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष शाहीले  भन्नुभयो ।

तक्ताल पानीको बहाब नघटेसम्म गाउपालिकाले केहिगर्न नसक्ने अवस्था रहेको उहाले भन्नुभयो । निरन्तर वर्षाले बाढिपहिरोले वस्तिनै जोखिम रहेको समेभत  उहाँले भन्नु भयो  ।

गाउपालिका क्षेत्रका वस्तिहरु कहाँ कति वाढिपहिरोले क्षेति पुर्याएको त्यसको अनुगमाको लागी गाउँपालिकाले तयारी गरेको अध्यक्ष शाहीले  बताउनुभयो ।