उपत्यकाभित्र बिहिबारबाट सार्वजनिक यातायात जोरबिजोर लागू गरि संचालन गरिने

काठमाडौं – काठमाडौं उपत्यकाभित्र बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय गरिएको छ ।

बुधबार दिउसो उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।