गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन - Palikanews.com
Connect with us

गण्डकी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

  • 22
    Shares

पोखरा – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमा नै गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ । आफ्नो कार्य क्षेत्र भित्र पर्ने चारवटा मन्त्रालयका सचिवहरुसंग पोखरा नदीपुर स्थित आफ्नै सभाहलमा छलफल गर्दे समितिले चालु आर्थिक बर्ष २०७७÷७८ को बजेट कार्यान्वयन समयमा नै पारदर्शी रुपमा गर्न निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले बजेट कार्यान्वयन ठिक समयमा हुन नसकेको गुनासो सधै आउने गरेको भन्दै अहिले देखि नै बजेट कार्यान्वयनमा ध्यान दिन सचिवहरुलाई निर्देशन दिनुभयो । सभापति कोइरालाले कहिले कर्मचारी अभाव त कहिले कोभिड भनेर बजेट पूर्ण कार्यान्वयनमा नआएको भन्दै अहिले देखि नै बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिनुभएको छ ।

समितिका सदस्य इन्द्रलाल सापकोटाले प्रदेशका योजनाहरुमा कोडिनेशनको अभाव देखिएको भन्दै योजनाको अनुगमन पनि नहुदा ठिक समयमा काम हुन नसकेको बताउनुभयो । समितिका अर्का सदस्य मीन प्रसाद गुरुङले कार्यविधि असोज महिना भित्र सकेर कार्तिक बाट कार्यन्वयनमा नजाने हो भने यस आर्थिक बर्षमा पनि योजनाहरु सम्पन्न गर्न मुस्किल पर्ने जिकिर गर्नुभयो ।

समितिका अर्का सदस्य भागबत प्रकाश मल्लले गत आर्थिक बर्षमा काम शुरु भएका तर अहिले बजेट नपरेका योजनाहरु अलपत्र पर्ने अवस्था आएको भन्दै सरकारले कानुन बनाउने तर कार्यान्वयन नगर्ने समस्या रहेको बताउनु भएको छ । समितिका सदस्यहरु डोबाटे विश्वकर्मा ,हरिशरण आचार्य र जनकलाल श्रेष्ठले आर्थिक बर्षको झण्डै साढे २ महिनाको बजेट कार्यान्वयनको अवस्था बारे जिज्ञासा राख्नु भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले आफ्नो मन्त्रालय सिधै बजेट कार्यान्वयन गर्ने मन्त्रालयले नभए पनि अन्य मन्त्रालयहरुलाई बजेट कार्यान्वयन गर्न सहयोग पु¥याउने बताउनु भएको छ । उहाँले कार्यविधि निर्माण अन्तिम चरणमा रहेकोले अव बजेट कार्यान्वयनको चरण शुरु हुने बताउनुभयो । अहिले सम्म पाँच प्रतिशत जति रकम खर्च भएको उहाँको भनाई थियो । उहाँले प्रदेशमा आन्तरिक स्रोत जम्मा २ अरव मात्रै रहेको र ठुलो बजेट केन्द्रकै मुख ताक्नु पर्ने अवस्था रहेको जनाउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बहुबर्षिय ठेक्का लगाएको सडकहरुमा काम अहिले पनि भइरहेको र कार्तिक सम्म साना आयोजनाहरुलाई पनि ठेक्का प्रक्रियामा लैजाने प्रतिवद्धत्ता जनाउनु भएको छ । उद्योग पर्यटन वन तथा वातावण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले गण्डकी प्रदेश भित्रका क्रसर उद्योगलाई मापदण्ड भित्र ल्याइने प्रतिवद्धत्ता जनाउनु भएको छ ।

यस्तै भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम शिवाकोटी (अर्याल)ले कृषिमा मापदण्ड धेरै बनाउनु पर्ने भएकोले कतिपय कार्यान्वयनको अवस्थामा रहेको बाँकीको असोज मसान्त सम्म मापदण्ड बनाएर काम गर्ने बताउनुभयो ।

सचिव शिवाकोटीले अहिले ४१८ जनाको दरबन्दी रहेको ठाउँमा ३३ प्रतिशत प्राविधिकको खाली रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नभएका जिल्लाहरुमा ९ वटा कार्यालय थप्ने तयारी भइरहेको बताउनुभयो ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

थापा गृहमन्त्रीमा पुनर्नियुक्त, साँझ ५ बजे शपथग्रहण हुने

प्रदेश १51 years ago

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

समाचार51 years ago

गृहमन्त्री थापा पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement