नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

बझाङ – जिल्लाको बुङगल नगरपालिकामा स्वास्थ्य तर्फका कर्मचारी भर्नामा नगर प्रमुख धनबहादुर बिष्टको हस्ताक्षर सहितको गोप्य लिष्ट सामाजिक संजालमा भाइरल भएको छ । बुङ्गल नगरपालिकाका नगरप्रमुख बिष्टले आफुले नाम निकाल्न चाहेका मान्छेलाई नाम निकाल्न भनी परिक्षाहल भित्र विशेषज्ञहरूलाई दिएको हस्ताक्षर सहितको आफ्ना आसेपासेको नाममा ठिक लगाएको चिट बाहिरको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै असोज १४ गते लिएको स्वास्थ्य तर्फको हेल्थ असिस्टेन्ट, अहेव, स्टाप नर्स र अनमीको मौखिक परिक्षा समेत लिई नतिजा प्रकासन नगरेरै स्थगित भएको थियो । नगरपालिकाले भदौ १६ गते १५ दिने सुचना जारी गर्दै हेल्थ असिस्टेन्ट २ जना, अहेव ४ स्टाफ नर्स १ र अनमी १ कोलागी विज्ञापन गरिएको थियो ।

नगरपािलकाले असोज १४ गते सो पदका लागी लिखित र मौखिक परिक्षा लिएको थियो । लिखितको नतिजा प्रकासन गरे पछि तत्कालै लिईएको मौखिकको परिक्षाको नतिजा भने प्रकासित हुँन सकेन ।

निष्पक्षता नभएको भन्दै केहि परिक्षार्थीले छानविन गर्न निवेदन दिए पछि छानविन नभए सम्मकालागी स्थगित गरेको जनाएको छ । यश बिषयमा निमित्त कार्यकारी प्रमुख भरत रोकाया संग छानविन गर्न निवेदन दिएका कारण स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो हामीले सबै पदकालागी लिखित र मौखिक परिक्षा लिएका हौ ।

परिक्षामा निष्पक्षता नभएको भन्दै निवेदन परे पछि छानविन गर्न विज्ञापन स्थगित गरिएको थियो । छानविनकालागी क–कस्ले कहिले निवेदन दर्ता गराए भनेर बुझ्न खोज्दा पहिलो दिन कार्यालयमा कुनै प्रमाण भेटिएन । दर्ता चलानीमा पनि १५ गते ३ वटा फार्मेसिले सुची दर्ता गर्ने सम्बन्धका निवेदन दर्ता भएका छन । हामीले निवेदन परेको छ छैन भनेर बुझ्दा उहाँले स्वास्थ्य शाखामा होला भनेर पन्छाउनु भयो ।

प्रमाण नभेटिए पछि कार्यकारीले झुटो बोलेको प्रष्ट हुन्छ । तर दोस्रो दिन भने दुइजना परिक्षार्थीका निबेदन परेको देखाईयो तर निबेदन देखाईएका ती परिक्षार्थी संग बुझ्दा आफुले छानबिनकालागि कुनै निबेदन नदिएको र नगरपालिका बाट नै किर्ते बनाएको हुनसक्ने बताउनुभयो । किर्ते निबेदन तयार पार्यो भनेर यसरी प्रष्ट हुन्छ ।

अब नतिजा कसरी प्रकाशन गर्ने भनेर असोज १८ गते छानबिन समिति गठन गरेको र अब छानबिन समितिले सबै छानबिन गरेर निश्पक्ष नतिजा प्रकाशन गरि कर्मचारी भर्ना गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले जानकारी दिनुभयो ।

स्वास्थ्य तर्फको खोलिएको यो विज्ञापन विगतमा २ चोटी रद्ध भएको थियो । तेस्रो चोटी खोलिएको विज्ञापनमा पनि कर्मचारी र जनप्रतिनिधिको कुरा बाझ्दा नतिजा प्रकासन हुन नसकेको र स्थगित भएको बुझिएको छ ।

कर्मचारी भर्नामा पैसाको चलखेल हुने गरेको र आफ्ना नजिकका मान्छे भर्ना गर्ने बाताबरण नहुँदा यस्तो भएको हो । यस अघि पनि नगरप्रमुख धन बहादुर विष्टले प्रक्रिया मिचेर कर्मचारी भर्ना गर्ने गरेको र कर्मचारी असन्तुष्टी देखिएका थिए ।।