मेरो नजरमा पछाडी पर्दै महिलाहरु - Palikanews.com
Connect with us

मुख्य समाचार

मेरो नजरमा पछाडी पर्दै महिलाहरु

  • 125
    Shares

सुरुमा एउटी छोरी, एउटी बुहारी अनि एउटी श्रमती हुँदै एउटी आमा, थरि–थरिको भूमिका भएको व्याक्ति हो महिला । कहिले घरकी लक्ष्मी, कहिले श्रीमान्को असल सहयात्री, कहिले बाल–बालिकाको प्रथम पाठशाला अनि कहिले तिनकै असल अभिभावकको रुपमा आफ्नो गतिलो पहिचान बनाउन सफल व्याक्ति समेत हो महिला । एउटी महिलाको दैनिकी नियाल्ने हो भने उसको भुमिकाको बिषयमा कुनै अर्काे बनावटी चरित्र चित्रण गर्नु पर्दैन सायद ।

उनी सबेरै उठ्छिन्, त्यसपछि क्रमशः घरको सरसफाई, परिवारकोलागि चिया र तातोपानी, बालबच्चा र सिंगो परिवारकैलागि खाजा र नास्ता यत्ति गर्दा धन्दापात भ्याई नभ्याई हुँदै खानपिनको बन्दोबस्त, बालबच्चाको स्कुल फेरि धन्दापात, यत्ति गर्दा पनि समयले पर्खे त हुन्थ्यो नि, मध्यान्ह भैसकेको हुन्छ । परिवारका सबै सदस्यको लुगाफाटो धुने काम, बस्तुभाउको हेरचाह, घाँस दाउरा, खेतबारीको काम फेरि बेलुकाको खानाको बन्दोबस्ती यी सबै–सबै कामका लागि सुहाउँदिली पात्र नै हुन् ती नै महिला ।

उल्लेखित सम्पुर्ण घरायसी कामहरु आफ्नो नियमित काम ठान्दै सबै भन्दा उत्कृष्ठ डिउटीफूल हुन चाहान्छिन् एउटी महिला ।

बाल–बच्चाहरुको लागि असल प्रशिक्षक, श्रीमानको लागि असल सहयात्री, सासु–ससुराको लागि आज्ञाकारी बुहारी अनि समाजको लागि संस्कारी महिला हुनु पर्छ भन्ने मान्यता राख्छिन् एउटी महिला । एउटा परिवार सफल हुन महिलाको भुमिकामा भर पर्छ भन्ने कुरामा सायद दुई मत नहोला ।

त्यस्तै स्वच्छता ,सहनशिलता, लगनशिलता र पारदर्सीताका हिसाबले पनि महिलालाई अलि धेरै नै विश्वास गरिएको पाईन्छ । तथापी तोकिएको लक्ष्मण रेखा भन्दा बाहिर निस्किन चाहादिनन् एउटी महिला । परापूर्व कालदेखि लिंगको आधारमा बाँडफाड गरिएको जिम्मेवारी नै आफ्नो गहना र निजी पेवा ठान्दछिन् उनी । सारा परिवर्तनका ऐतिहासिक कालखण्डहरुले निक्कै परसम्म फड्को मार्छन्, कानुन नियमहरु समता र समानतालाई जोड दिदै तयार हुन्छन्, तर महिला भने जहाँको त्यहि, निश्चित क्षेत्रफल भन्दा बाहिर जान पटक्कै चाहँदैनन् ।

किन भने सदियौँदेखि उनी एउटा गतिलो संस्कारको झोली भित्र छिन् । त्यहि संस्कार अन्तर्गतको सामाजिक मूल्य–मान्यताको निगारानीमा छिन् । त्यहि घेरा भित्र बस्छिन्, तिनै कुरा सिक्छिन्, व्यवहारमा लागू गर्छिन्, जे सिक्छिन् त्यहि सिकाउछिन्, जे ग्रहण गर्छिन् त्यहि हस्तान्तरण पनि गर्छिन् । पुस्तौँ बित्छ तिनै कुराहरु पुस्तान्तरण हुँदै जान्छ । किन भने जाति, धर्म, संस्कार र संस्कृतिको हिफाजत पनि उनैले गर्छिन् ।

अरु सबैजनालाई खान दिएर बँचेको मात्र आफू खान्छिन्, सकेसम्म बाहिर ननिस्कुँ, अरुको घरमा खाना नखाउँ, आफ्नै जातसँग छोरीको विवाह गरुँ, जातको र कुल घरानको बुहारी ल्याऔं भन्छिन् अनि बुहारीलाई पनि यस्तै–यस्तै कुराहरु सिकाउछिन् । त्यति मात्र काहाँ हो र पाल्न सक्ने खालको ज्वाइँ छानेर छोरीको विवाह गरिदिन महत्वपुर्ण भुमिका पनि निभाउछिन्, तर आफ्नो छोरीले पनि परिवार पाल्ने सक्ने हैसियत र सामथ्र्य राख्ने कुरामा बेखबरै हुन्छिन् ।

यस्तै–यस्तै कुरामा मात्र थाहै नपाई आधा आकाश त के पुरै ब्रमाण्ड नै आफ्नो पकडमा पार्न सफल हुन्छिन् महिला । किताबहरु किन्ने ज्ञान अरुलाई दिने, गहनाहरु आफु राख्ने सुन्दरता अरुलाई दिने, सुख आफु रोज्ने आनन्द अरुलाई दिने र औषधि आफु लिने स्वस्थ्य अरुलाई दिने, अनि ओछ्यान आफु लिने निद पनि अरुलाई नै दिने गर्छिन् एउटी महिला । अर्ध निन्द्रा र आधा पेटमा हजारौं रातदिन गुजारेर आफ्नो बाल–बच्चा हुर्काउछिन्, समय बित्दै जाँदा आफु चाँही गलहत्तिएर बृद्वाआश्रमसम्म पुग्न नि बेर लाउदिनन्, आफु तिरस्कृत भएपनि हमेशा सन्तानको भलो चाहान्छिन् एउी महिला ।

संसार हेर्ने आँट कहिल्यै गर्दिनन्, रहर गर्छिन् तर कुनामा बसेर चियाउँछिन् मात्र । त्यो अँध्यारो कुनाबाट संसार कहाँ देखिन्छ र हेर्नलाई त बाहिर खुल्ला ठाउँमा आउनु पर्यो नि । यसरी एउटी महिलाको यथार्थताले अधिकांश महिलाहरुको प्रतिनिधित्व गर्छ, गरिरहेको छ अझै पनि । थोरै महिलाले मात्र महिलाहरुको बास्तविकता बुझेका छन् । किन भने उनीहरुले कुनै पनि कुरा बुज्ने समय र अवसर पाएका छैनन् । महिलाहरुले आफ्नो पूरा समय घरमा खर्चिंदै आए । फलस्वरुप उनीहरुको चेतना, क्षमता, कार्य दक्षता पनि त्यहि घरकै वरिपरि मात्र घुमिरह्यो ।

नेपालको कुल जनसंख्याको आधा भन्दा धेरै संख्या महिलाहरुको छ । फेरि यो होईन कि ती सबै महिलाहरु एउटै दर्जाका छन् । केही महिलाहरु ठूला–ठूला परिवर्तनका संवाहक पनि बन्दै आएका छन् । नेपालमा भएका विभिन्न चरणको सामाजिक आन्दोलानहरु, हरेक राजनैतिक परिवर्तनहरु, लोकतन्त्रको स्थापना, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महिलाहरुले उल्ल्खनीय भुमिका निभाउँदै आएका छन् ।

त्यति मात्र होईन इतिहासलाई पल्टाएर हेर्न हो भने नेपाली महिलाहरुद्वरा समानता र महिला मुक्तिका लागि विभिन्न चरणमा ठूला–ठूला संघर्षहरु भएको र रुपान्तरणका लागि महत्वपुर्ण गतिबिधिहरु गर्दै आएको पाईन्छ । वि.सं. १९७३ देखि १९९८ सम्म योगमाया न्यौपानेको नेतृत्वमा उत्पिडन बिरुद्व सामाजिक परिचालनहरु भएको पाईन्छ । सामाजिक न्यायका लागि राणा शासनको निरंकुशता बिरुद्वको आन्दोलानमा योगमाया लगायत उहाँका ६८ जना अनुयायीहरु समेतले जल समाधी गरेको तितो इतिहास हामी कहाँ छदैछ ।

त्यस पछि २००४ देखि २०४६ साल सम्मको लामो अवधिमा पनि नेपाली महिलाहरु मध्ये शाहना, साधना, कनकलता, स्नेहालता लगायतका महिलाहरुले नागरिक अधिकारका लागि सामाजिक आर्थिक र राजनितिक समानताको माग राख्दै राजनितिक चेतना सहितको प्रजातन्त्र प्राप्तिका लागि निक्कै लामो आन्दोलान गरेको पाईन्छ ।

त्यसैगरि २०४६ देखि २०७२ साल सम्म राज्यको विभिन्न संवैधानिक तहमा रहेका नेपाली अग्रणी महिलाहरु, महिला मानव अधिकार कर्मीहरु र सामाजिक महिला ब्याक्तित्वहरुले अंश, बंश हिंसा, समावेसी, समानुपातिक सहभागिता र विशेष गरेर लैंगिक समानतालाई जोड दिँदै परिवर्तनका लागि निक्कै लामो समय आन्दोलान गरेको देखिन्छ । फल स्वरुप महिलाहरुको शसक्तिकरण, सहभागिता र समानताको पाटोमा निक्कै राम्रो उपलव्धिहरु प्राप्त भएको छ ।

नेपालमा वर्गीय, जातिय, भाषिक, धार्मिक, लैंगिक विभेदहरुको अन्त्य गर्दै आर्थिक समानता, संमृद्धि र सामजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान जारी भएको छ । धारा ३८ मा ६ वटा उप धाराहरुले स्पष्ट रुपमा महिलाको हक अधिकारको बिषयमा उल्लेख गरेको छ । कानून राम्रो बनाउनु मात्र सबै थोक होईन र परिवर्तन वा रुपान्तरणको अन्तिम बिन्दु पनि होईन । विषेशतः यसको कार्यन्वयनमा भर पर्छ ।

त्यसैले सारा परिवर्नका मुद्धाहरुलाई संस्थागत गराउनका लागि व्यवहारमा लागू गर्न र गराउन अपरिहार्य हुन्छ । जस्ले गर्दा महिलाहरुको अधिकारको सुनिश्चित हुन सकोस र उनिहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस् । यसका निमित्त स्वयम महिलाहरुले नै लाग्नु पर्ने हुन्छ । आवश्यकता भएर मात्र पुग्दैन सम्बन्धित पक्षमा तत्परता हुन पनि जरुरी छ । जोसँग भोक छ उसैले खानु पर्छ । जहाँ अधिकारहरु लम्पसासर परेर आएका छन त्यहाँ कर्तव्यहरुले पनि तैनाथ हुनै पर्छ ।

अधिकारहरु पछ्याएर आईरहदा कर्तव्य र जिम्मेवारी निदाएर बस्यो भने फेरि जिउँका तिउँ हुन जान्छ । तसर्थ ती रुडिवादी परम्परा, कुसंस्कार साथै पितृसतात्मक सोचको रसिले हजार फन्को बेरिएर लक्ष्मण रेखा भित्र रहेका महिलाहरु पनि बाहिर आउन जरुरी छ । थोरै समयको व्यावस्थापनका लागि परिवारको सामिप्यतामा आँच नआउने गरि आफ्नो दैनिकीहरु परिवर्तन गर्न आवश्यक छ । क्षमता बिकास, व्याक्तित्व बिकासका लागि केही समय खर्चिन पर्ने हुन्छ र अर्काे कुरा शसक्तिकरण अरुले गरिदिएर हुदैन । जो पछाडि परेको छ उ नै शसक्त हुनु पर्छ, स्वयम लागि पर्नु पर्ने हुन्छ ।

महिलाको सामाजिक, आर्थिक र राजनैतिक अवस्था कमजोर भएकै कारणले परिवारदेखि समाज विकासको क्षेत्रमा महिलाको अति महत्वपुर्ण भुमिका हुँदाहँुदै पनि राज्यको हरेक क्षेत्रमा महिलाको न्यून सहभागिता रहेको अवस्था छ । नेपालको राष्ट्रपति महिला भयो भन्दैमा र तीन तहको सरकार गठन गर्दा त्यहाँ महिलाहरुको सहभागिता ४० प्रतिशतसम्म पुग्यो भन्दैमा समान सहभागिता हुदैन । समान हुनलाई त राज्यको अरु निकायमा पनि उत्तिकै सहभागिता हुन जरुरी छ ।

परिवार, समाज, विभिन्न संघ–संस्था र राज्यको सबै निकाय, तहहरुमा समान सहभागिता हुनु पर्यो । यसका लागि योग्य र दक्ष हुनलाई फेरि पनि सम्बन्धित पक्ष नै तत्पर हुनु पर्यो । घरको कुनामा बसेर टाडासम्म देखिँदैन । संसार हेर्नलाई बाहिर खुल्ला ठाउँमा आउनु पर्यो । आफ्नो, परिवार, समाज र राष्ट्रका लागि केही गर्नु पर्यो । अनि मात्र समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउँछ ।

  •  
    125
    Shares
  • 125
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

बाजुराको विच्छ्यामा आगलागी हुँदा एक घर जलेर नष्ठ

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement