दर्शन इन्फोसिसद्धारा संचालित पालिका न्यूजको विशेष कार्यक्रम ‘जनतासँग जनप्रतिनिधि’ शिघ्र प्रशारण हुँदै छ । ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम भिडियो, रेडियो तथा अनलाइन कार्यक्रम हो । आम स्थानीयबासी र पालिकाका जनप्रतिनिधिहरु एकसाथ सहभागि हुन सक्ने गरि सहभागितामुलक बहस कार्यक्रम हो जनतासँग जनप्रतिधि ।
पालिकाको समृद्धि र आम जनताको जनअपेक्षासँग जोडिएको विषयमा बृहत छलफलको माध्यमबाट समस्या समाधानमा सघाउ पुग्ने अपेक्षा हामीले लिएका छौँ ।
देश संघीय संरचनामा रुपान्तरित भएपछिको स्थानीय तहका जनप्रतिनिधि र केन्द्र तथा संघीय सांसदहरुसँग स्थानीय नागरिकहरुका बीच छलफलका माध्यमबाट हामी देशको समृद्धिमा सँगसँगै हातेमालो गर्ने अभियानमा अब तपाइँहरुमाझ ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमबाट काँचको पर्दामा आउने छौँ ।