पालिकामा आजका प्रमुख दश समाचार - Palikanews.com
Connect with us

top10

पालिकामा आजका प्रमुख दश समाचार

१) स्थानीय खुशी
संघीयता लागु भएपछि हुम्लाको उत्तरी क्षेत्र लिमीमा स्वास्थ्यकर्मीहरू बस्न थालेपछि स्थानीयहरू खुशी । लिमी स्वास्थ्य चौकी स्थानीय सरकारको मातहतमा आएपछि गाउँमा स्वास्थ्यकर्मीहरुको चहलपहल ।

२) औद्योगिक ग्रामका लागि अवलोकन
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ भुँडाटारमा औद्योगिक ग्राम स्थापनाकालागि अवलोकन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीद्धारा अवलोकन । ‘एक पालिका एक औद्योगिक ग्राम’ बनाउने सरकारको नीति बमोजिम बन्दीपुर गाउँपालिकाले उक्त स्थानमा औद्योगिक ग्राम बनाउन सिफारिस गरेकोले सो स्थलको अवलोकन गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलद्धारा जानकारी ।

३) आन्तरीक पर्यटकको चहलपहल
बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएको हुँदा इलामका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायतका ठाउँमा आन्तरिक पर्यटकको चहलपहल । स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान भएको होटल व्यवसायीको भनाई । त्यस आसपासका होमस्टे यतिबेला आन्तरिक पर्यटकले भरिभराउ ।

४) नगर गौरव योजना
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाद्धारा पाँच वटा नगर गौरवका योजना चालू आर्थिक बर्षमा कार्यान्वयनमा ल्याउने तयारी । नगरसभाबाट छनोट गरिएका नगर गौरवका योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार निर्माणका कार्य शुरु गर्दै ।

५) लालपुर्जा वितरण
बुटवल उपमहानगरपालिकाद्धारा नगरका पुर्जाविहीन करिब ५०० घरपरिवारलाई लालपुर्जा वितरण । त्यस्तै मोतीपुर, सेमलार क्षेत्रलाई बुटवलको नमूना बस्तीका रूपमा विकास गर्ने गरी योजना बनिरहेको नगरप्रमुख शिवराज सुवेदीको भनाई । प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रूपमा विकास गरिने प्रमुख सुवेदी दाबी ।

६) गाउँपालिका अध्यक्षमाथि कुटपीट
बैतडी जिल्लाको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट । गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीय आक्रोसीत भएपछि छलफलबाट निष्कर्ष ननिस्किएको भन्दै अध्यक्ष आफैँ बेलुका ताला खोल्नजाँदा झडप । गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट लागेको प्रहरीद्धारा जानकारी । झडपमा ५ जना प्रहरी र ६ जना स्थानीइ समेत घाइते भएको प्रहरीद्धारा जानकारी ।

७) पोखरा महागनरको सेवा बन्द
पोखरा महागनरपालिकामा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित । महानगर प्रमुख मानबहादुर जिसीद्धारा जारी सूचनामा कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी ।

८) मेलम्ची नगरको सेवा बन्द
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु शुक्रबारदेखी कात्र्तिक ६ गतेसम्मका लागि बन्द । जनप्रतिनिधि र कर्मचारीहरु कन्ट्राक ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको भन्दै मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालद्धारा जानकारी ।

९) अवैध चाइनीज मदिरा
हुम्लाको सिमकोट बजार क्षेत्रमा दशैं–तिहार लक्षित चाइनिज मदिराको अवैध रुपमा आयात बढ्दै । सिमकोट लाग्नाबाट १५ खच्चरले ९० प्याक भन्दा बढी चाइनिज रक्सी ल्याउँदै गरेको प्राप्त जानकारी । तर जिम्मेवार निकाय भने बेखबर । लाखौँको मदिरा अबैध रुपमा भित्रिँदा स्थानीय निकायहरु बेखबर हुनु आश्चर्यको विषय भएको स्थानीयको भनाई ।
१०) कोरोना अपडेट
पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ५ सय ६४ डिस्चार्ज । हालसम्म देशभर ३६ हजार ५ सय ३३ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयद्धारा जानकारी ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

गृहमन्त्री थाप पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement