पालुङ्टारबासी विकास चाहन्छन्, त्यसको लागि राज्यको सहजिकरण होस - Palikanews.com
Connect with us

मेयरसँग ६ प्रश्न ?

पालुङ्टारबासी विकास चाहन्छन्, त्यसको लागि राज्यको सहजिकरण होस

स्थानीय तह केन्द्रित विषयमा सटीक प्रश्न सटीक जवाफको श्रीङ्खला प्रमुखसँग ६ प्रश्न ? मा गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको स्थानीय तह पालुङ्टार नगरपालिका प्रमुख ई. दीपक बाबु कंडेलसँग पालिका न्यूज डेक्सले गरेको संवादको सम्पादित अंश :

१) यतिबेला चाडवाडको समय छ ? तपाइँको पालिकामा कोरोना संक्रमणको जोखिम कत्तिको छ ?
चाडवाडको समयमा बाहिरबाट आउनेहरुले होम क्वारेन्टीनमा बस्ने कमिन्टमेन्ट गर्नुभएको छ । झैण्डै ५५ जना कोरोना संक्रमित मध्ये ११ जना सक्रिय संक्रमित हुनुहुन्छ । पालुङ्टार भित्रै एक जनाको मृत्यु भएको छ । पालुङ्टारका तर बाहिर रहेका केहिको मृत्यु भएको जानकारी आएको छ । अहिलेको स्थिति हेर्दा ठूलो खालको डिज्यास्टर्ड हुन्छ भन्ने छैनौँ । किनकी यहाँका आम नागरिक सर्तक भएको अनुभुति भएको छ ।

२) कोरोना संक्रमणका कारण विकास निर्माणका काममा के कस्तो प्रभाव परेको छ ?
विकास निर्माणमा एकदमै प्रभाव परेको छ । किनभने हामी कहाँ यहाँ मेनपावर नहुने बाहिरबाट मेनपावर ल्याउँदा यहाँका समुदाय त्रसित हुने, केहि राष्ट्रिय महत्वका योजनाका कामहरु रोकिएको अवस्था र पालुङ्टार भित्रका योजनाहरु पनि रोकिएको अवस्था छ । यसले गर्दा विकास निर्माणमा रोकावट पैदा भएको छ । लक्ष्यमा पुग्न सकिएको छैन ।

३) तपाइँको पालिकामा यो बर्ष के कस्ता कार्यक्रमहरु प्रमुख प्राथमिकतामा परेका छन् ?
हाम्रो नगरपालिका नयाँ नगरपालिका हो । हामी कहाँ भौतिक पूर्वाधाार इन्फाइस्टक्चरको अभाव छ । यीनै कुराहरु पहिलो प्राथमिकतामा छन् । सँगसँगै हामीले विकास निर्माणका कामहरुलाई नै प्रमुख प्राथमिकता दिएका छौँ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका विषयहरुलाई नै प्रमुखतामा राखेका छौँ । यो बाहेक पालुङ्टारमा उत्पादन भएको कृषिको बजारिकरणका लागि कृषि एम्बलेन्सको पनि सुरुवात गरेका छौँ । यसको मतलब हाम्रो उत्पादन नेपालका बजारहरुमा पुर्याउँछौँ भन्ने हो । व्यवसायीक कृषिका लागि हाम्रो योजना निर्दिष्ट भएको छ ।

४) प्रदेश र केन्द्रमा प्रतिपक्षि दलको सरकार छ, सहयोग कत्तिको पाउनुभएको छ ?
तपाइँले गजबको प्रश्न गर्नुभयो । यहाँ त कहिले काँही त शंका लाग्छ । यो भएको बेला विकास निर्माणको काम नै गर्नु हुन्न । यो फरक पाटो हो भन्ने किसिमको बुझाई पनि छ कि जस्तो लाग्छ । हामीले स्मार्ट सिटिको कुरा गरिरहेका छौँ, राज्यले १ करोड १५ लाख रुपैँया दाम पैसा पठाएको छ । के बनाउने हो त्यसले कन्फ्युजन छ । हाम्रो बसपार्क हामी ३/४ वर्षदेखि डिजाईन गरेर बसिरहेका छौँ सम्बन्धित ठाउँहरुमा धायौँ बन्न सकेको छैन । यो पार्टी त्यो पार्टी भन्दा पनि पालुङ्टारबासी विकास चाहन्छन् भन्ने लाग्छ । त्यसका लागि सहजिकरण होस भन्ने लाग्छ । धेरै ठूलो असहयोग छ त म भन्दिन तर सोचे जस्तो जुन कुरा हामीले प्रोजेक्ट बैंक बनाएका छौँ त्यो काम गर्न सकेका छौनौँ । मलाई लाग्छ नेपालका धेरै नगरपालिकाहरु मध्येमा प्रोजेक्ट बैंक बनाउने पहिलो नगरपालिका हो पालुङ्टार । अहिले राज्यले प्रोजेक्ट बैंकको कुरा गरिरहेको छ । पहिलो चरणमा मेनपावरको पनि कमि थियो अहिले त्यस्तो छैन । तरपनि सोचेजस्तो सपोर्ट छैन ।

५) तपाइँको कार्यकालमा पालिकामा सम्पन्न भएका महत्वपूर्ण योजनाहरु के–के छन् ?
पालुङ्टारमा हामीले केहि खानेपानीका योजनाहरु सम्पन्न गरेका छौँ । प्रदेश र संघको सहयोगमा भएपनि । एक घर एक धाराको निति अनुसार अघि बढेका छौँ । म आउँदा पालुङ्टार नगरपालिकामा १८/१९ किलोमिटर मात्रै पिच थियो अहिले ४०/५० किलोमिटर पिच भएको छ । यसको मतलब हाम्रो कार्यकाल सकिँदै गर्दा सय किलोमिटर सम्म पिच गर्ने लक्ष्यमा छौँ । शिक्षामा पनि केहि परिवर्तन भएको छ । सामुदायीक विद्यालयप्रतिको आकर्षण बढ्दो छ । स्वास्थ्य विमामा पनि पालुङ्टार अगाडि नै छ । कृषिमा पनि राम्रो वातावरण तय भएको छ । हिजो बाँझो रहेका जमिन जोतिन थालेका छन् । व्यवसायीक कृषि उत्पादन हुन थालेको छ । लिचि लगाएतका उत्पादनहरुलाई पकेट क्षेत्र बनाएर काम गरेका छौँ । बार्षिक ५ करोड भन्दा बढिको लिचि पालुङ्टारबाट निर्यात हुन्छ । हामी समग्रमा कृषि, शिक्षा, स्वास्थ्य सडक र इन्फाइन्स्टक्चरमा केहि फड्को मारेका छौँ । यीनै कुराहरुलाई मैले उपलब्धि मानेको छु ।

६) तपाइँको नगरमा जनअपेक्षा पुरा गर्ने गरि काम भएको छ ?
केस्लाई जनअपेक्षा मान्ने भन्ने हुन्छ, पहिलो त । हाम्रो श्रोत र साधनलाई आधार मान्ने हो भने हामीले जनअपेक्षा अनुसार काम गरेका छौँ । भर्खर विकास उन्मुख नगरपालिका, जुन नगरपालिकाका इन्फाइन्स्टक्चरहरु छैनन् । सडक, खानेपानी शिक्षा, रोजगारीमा जुन अपेक्षा छ त्यो अनुसारको हुन सकेको छैन । हन्ड्रेड पर्सेन्ट जनता सटिस्फाई छन् भन्यो भने मलाई पनि पाप लाग्छ । तर म के दावाका साथ भन्छु भने पालुङ्टार नगरपालिकाका जनप्रतिनिधिहरुले पालुङ्टारबासीहरुलाई कुनैपनि हालतमा धोका दिएका छैनन् । दिँदा पनि दिँदैनन् । अहिलेका जनप्रतिनिध सम्झनलायकका जनप्रतिनिधि हुन्छन् भन्ने मलाई लाग्छ ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement