चोरीको आरोपमा वडा अध्यक्षबाटै कुटिए युवक - Palikanews.com
Connect with us

पालिका

चोरीको आरोपमा वडा अध्यक्षबाटै कुटिए युवक

  • 57
    Shares

जनकपुरधाम :  सर्लाहीमा चोरी गरेको आरोपमा वडाध्यक्षले एक युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । सर्लाहीमा मेला हेर्न गएका एक युवकलाई वडाध्यक्षले नै चोरी गरेको आरोप लगाउदै मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।

गत सोमबार राति सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ९ मा स्थानीयहरु रामचन्द्र सुडी र भरत महतो सुडीसँगै वडाध्यक्ष अमिरिलाल साहले मेला हेर्न गएका सोही स्थानका एक युवकलाई कुटपिट गरेको दलित अगुवा पच्चु माझीले जानकारी दिनुभयो ।

वडाध्यक्ष साहले चोरीको आरोपमा १९ वर्षीय युवक गोविन्द माझीलाई हात खुट्टा बाँधेर अशोकको रुखमा झुण्ड्याएर कुटपिट गरेको र करेन्टसमेत लगाइएको दलित अगुवा माझीले बताउनुभयो।

दुर्गा मेलामा नाच हेर्न गएका ती युवकलाई सोमबार राति नाच भइरहेको स्थानको छेउमै रहेको स्थानीय सुरेश महतोको खेतमा शौच गरिरहेको अवस्थामा उनका छोरा गौरी महतोले देखेपछि चोर भन्दै समातेर कुटपिट गरेका थिए ।

गाउँका अधिकांश पुरुषहरु नाच हेर्न घर बाहिर गएको समयमा ती युवक स्थानीय सुरेश महतोको घरमा चोरी गर्ने मानसिकताले प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेकोले स्थानीयहरुले कुटपिट गरेको वडाध्यक्ष साहले दाबी गर्नुभयो ।

आफ्नो वडामा विगत ३ महिनाको अवधिमा १४ वटा चोरीका घटनाहरु घटेको र सोही क्रममा ती युवकलाई समातेको साहले बताउनुभयो । कुटपिटपछि गोविन्दको अवस्था गम्भीर रहेको र बयलबाँसस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

यता घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले युवकलाई कुटिपिट गरिएको र बाँकी कुरा अनुसन्धानपछि भन्न मिल्ने बताउनुभयो ।

‘कुनैपनि आरोपमा कसैलाई कानुन हातमा लिएर कुटपिट गर्नु गलत हो । मंगलबार जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष सहितका व्यक्तिले ती युवकलाई ल्याएका थिए । हामीले घाइते युवकलाई उपचारका लागि पठाइदिएका थियौँ, ’उहाँले भन्नुभयो ।

त्यस्तै पीडक र पीडीत दुवै पक्षबाट निवेदन परेको एसपी राठौरले बताउनुभयो । घटनामा संलग्न दोषी जो सुकै भएपनि कानून बमोजिम कारबाही गरिने एसपी राठौरको भनाइ छ ।

  •  
    57
    Shares
  • 57
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

ब्यासका जनप्रतिनिधीले बुझाए मुख्य मन्त्रीलाई ज्ञापनपत्र

प्रदेश १51 years ago

तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास

प्रदेश १51 years ago

जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला

बागमती51 years ago

काठमाडौं महानगरले तयार पार्यो स्थानीय पाठ्यपुस्तक

गण्डकी51 years ago

पोखरा महानगरका सबै वडामा राष्ट्रिय सञ्जाल गठन

कर्णाली51 years ago

हुम्लामा जीव दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइत

मुख्य समाचार51 years ago

दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कर्णाली51 years ago

बहुविवाहको आरोपमा वडा अध्यक्ष पक्राउ

प्रदेश २51 years ago

सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण

बागमती51 years ago

बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

मुख्य समाचार51 years ago

शुक्रबार थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि

मुख्य समाचार51 years ago

लैंगिक हिंसा विरुद्ध गन्धर्वले गाए संदेशमुलक गीत

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement