आत्मबल बढाउँ कारोना जित्न सकिन्छ - Palikanews.com
Connect with us

बागमती

आत्मबल बढाउँ कारोना जित्न सकिन्छ

  • 116
    Shares

एकदिन सबै मरेरै जाने चोला हो, हाम्रो । तैपनि जन्मेपछि निश्चित अवधिसम्म बाँच्ने प्रयास र सङ्घर्षको शिल–शिलामा मान्छेले हरेक प्रयास बाट धेरै बाँच्ने आश राख्दछ । तर विश्वमा विभिन्न प्राकृतिक प्रकोप तथा मानवीय क्रियाकलापबाट सिर्जित विभिन्न दुर्घटनाबाट मान्छे हताहत हुने र अकालमा मर्ने गर्दछ ।

यस बीचमा कोरोना भाइरस चीनको बुहान प्रान्तबाट फैलिएर विश्व नै आतङ्कित भइरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहेन । सुरु सुरुमा हाम्रो परिवेशको मनोविज्ञान कोरोना धेरै ठूलो रोग हो, छोएपछि सर्छ र मरी हाल्छौं भन्ने भयो र हाम्रो मनोबल कम हुन थाल्यो ।

हुनत विश्वका शक्तिशाली देश चीन, इटाली, स्पेन, अमेरिका, बेलायतको कोरोना कहर हेर्दा धेरै डरलाग्दो अवस्था थियो । नेपालमा एकजना मानिसमा कोरोना सङ्क्रमण हुँदा देश नै लक डाउन गरिएको थियो । देशको आर्थिक समृद्धिमा कोरोना कहर बाधकको रुपमा थियो । जब छिमेकी मुलुक भारतमा सङ्क्रमण व्याप्त हुँदै गर्दा देशका जनतालाई कम असर परोस् भन्ने आशयका साथ देशमा लकडाउन गरिएको थियो ।

खुला सीमाका कारण भारतबाट नेपालका तराई जिल्लामा सङ्क्रमण हुँदै गर्दाको अवस्थामा नेपालमा सङ्क्रमण बढ्न थाल्यो । बिस्तारै नेपालकै केन्द्र राजधानीको काठमाडौंमा सङ्क्रमण हुन थाल्यो । अहिले त कोभिडको हटस्पट नै काठमाडौं लगाएत अन्य ठूला शहरहरु बन्न थालेको छ । काठमाडौंमा मात्रै दिनमा ३ हजार देखि ४ जना समेत कोरोना पोजेटिभ देखिरहेको अवस्था छ । जब सार्वजनिक सवारी साधनहरु सञ्चालनसङ्गै काठमाडौंबाट कोरोना संक्रमित गाउँ–गाउँ तिर केन्द्रित हुन थाल्यो ।

यसबीचमा कोरोना सङ्क्रमण विश्वमा सुरु भए यता विभिन्न जनचेतना फैलाउने, सजकताका लागि बहस आदी अनेकौँ उपायहरु अवलम्बन भए ।  यसैबीचमा गाउँमा पनि कोरोना बारे सामाजिक सुरक्षा, आफ्नो उत्तरदायीत्व, सावधानी आदिको विषयमा सबैलाई सचेत गराउने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम राख्ने, माक्सको प्रयोग लगायतको कुरामा सबैलाई सूचना प्रवाह गर्न तथा म आफू पनि यसप्रति जिम्बेवारीका साथ आफ्नो मत अभिव्यक्त गरिरहेको नै थिए ।

जब नेपालमा पनि सङ्क्रमण समुदाय स्तरमा फैलिरहेको अवस्थामा म एक सत्य सुचना दिने हेतुले यो विषय उठाउँदै छु । म एक ड्राईभर त्यसमा पनि अत्यावस्यक कामका लागि हिँड्नै पर्ने । यसैबीच गत असोजको २० आसपासमा हल्का सामान्य टाउको दुख्ने, नाक टाल्लिने जस्ता सामान्य सम्स्याहरु आइरहेका थिए । गत असोज २४ गते पिसिआर जाँच गर्दा असोज २५ गते अफिसमा कार्यरत एक सहकर्मीमा पोजेटिभ रिपोर्ट आयो र म पनि कन्ट्र्याक ट्रेशिङमा परे । मेरो पनि कात्तिक २ गते पिसिआर चेक भयो ।

रिपोर्ट न आउँदा सम्म म होम क्वारेन्टाइनमा नै बसेको थिएँ । गत ३ गते बिना लक्षण कोरोना रिपोर्ट पोजेटिभ आयो र मनमा खुल्दुली भयो । कुन कारणले पोजेटिभ आयो भनेर कुरा बुज्दा पिसिआर गर्दा हल्का रुगा लागेको रैछ त्यही भएर भन्ने कुरा आयो र त्यस पछि म बाहुनेपाटी आइसोलेसनमा गएर बसे ।

जब मेरो पीसीआर रिपोर्ट पोजेटिभ आउँदै गर्दा म घरमा छुट्टै बसिसकेको थिए । कोरोना कहर एकातिर आफूलाई फेरि कोरोना पोजेटिभ देखियो भन्दा मनमा अलि बढी डरको महशुस भयो । परिवारका सदस्यहरु पनि अलि डराएको र आत्तिएको महसूस गरेको थिएँ । आफू एक ड्राइभर पेशामा लागेको हिसाबले समुदायका मानिसलाई जानकारी होस् भनेर फेसबुक मार्फत सबैलाई जानकारी गराएँ ।

यसबीचमा धेरै साथीभाई राजनैतिक व्यक्तित्व, अग्रजहरु, मलाई माया गर्नुहुने समुदायका व्यक्तिहरू सबैले मलाई फोन, फेसबुक मेसेन्जरबाट स्वास्थ्य लाभको कामना तथा उच्च मनोबल प्रदान गरिरहनु नै भएको थियो । यसबीचमा मैले पूर्ण विश्वास लिएको थिएँ कि म छिट्टै निको हुनेछु ।

तर धेरै साथीभाई इष्टमित्र, घरका सदस्यहरुले स्वास्थ्य लाभको कामना गर्दै तातोपानी , गुर्जो, तितोपातिको जराको झोल, पारिजातको बोक्राको झोल, अलैँची, बेसार पानी, बोजो, टाई फाइट र निमोनिया हुँदा खाने झारपाते औषधि लगायतको औषधि नियमित निश्चित मात्रामा खानु भन्दै सल्लाह सुझाव र त्यस्ता औषधिय गुण भएका खानेकुराहरु पनि ल्याईदिईरहेका थिए । र मैले पनि मिलाएर सेवन गर्न थाले । सङ्क्रमण पोजेटिभ भएको खबर पाएको आज १२ दिन हुँदा पनि म मा केही लक्षण छैन म पूर्ण रुपमा स्वस्थ छु ।

दशैं सकिँदासम्म आफू बिरामी निको न भइसकेको हुँदा विभिन्न माध्यमबाट अग्रजहरुले कोरोना संक्रमित साथीहरुले, आफ्नो अनुभव, साटासाट तथा धेरै साथीभाइले फोन मार्फत हौसला प्रदान गराइरहँदा एकदमै खुशी लाग्थ्यो र सँगै भए जस्तो महसुस हुन्थ्यो ।

खुसी पनि लाग्यो कि म बिरामी परेपनी मलाई माया गर्नुहुने धेरै आफन्त साथीभाई, राजनीतिक व्यक्तित्वहरु र समुदायमा पनि आभार व्यक्त गर्न चाहान्छु । ज–जसले मात्रै मेरो नाममा अफबाह तथा भ्रामक कुरा फैलाउनु भयो उहाँहरूले पनि नबुझेरै कोरोना र आफूतिर केन्द्रित अफबाह फैलाउनुभयो । बिस्तारै उहाँहरूले पनि कोरोनालाई बुझ्नुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु ।

कोरोना भाइरसबाट न आत्तिआँै, न डराउँ, कोरोनासँग लड्न आफ्नो आत्माबल बलियो बनाउँ र सुरक्षित रहौँ कोरोनाबाट आफुपनी बचाँै अरुलाई पनि बचाउँ ।

  •  
    116
    Shares
  • 116
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

नेपाल दूरसञ्चार प्राधिकरणसँग मन्त्री गुरुङको आग्रह

अन्तर्वार्ता51 years ago

अहिले बनिरहेको संरचना यथार्थमा धरहरा नभएर अग्लो टावर हो : उप-मेयर हरिप्रभा

मुख्य समाचार51 years ago

सुनकोशी–मरिन डाइभर्सनको प्रधानमन्त्रीद्वारा शिलान्यास

प्रदेश २51 years ago

लालपुर्जा पाएपछि स्थानीयवासी औधी खुशी

बागमती51 years ago

पर्यटन प्रर्वद्धनका लागि मुक्तिनाथ मोटर ऱ्याली

बागमती51 years ago

पश्चिमी वायुको प्रभावले वर्षा हुने सम्भावना

गण्डकी51 years ago

झण्डै ११ महिनासम्म सुस्ताएको काउलेपानी घरवासले गति लिँदै

प्रदेश २51 years ago

करोडौं रकम लिएर सिन्धी दाजुभाइ सम्पर्कविहीन

प्रदेश २51 years ago

बलात्कार आरोपित पक्राउ

कर्णाली51 years ago

डोजर लगाएर घर भत्काएपछि छिमेकिको पर्खालमा बास

अर्थ51 years ago

विहिबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

बागमती51 years ago

प्रधानमन्त्री ओली र विप्लवले फागुन २१ गते एउटै मञ्चबाट सम्बोधन गर्ने

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement