मेयरसँग ६ प्रश्न ?
अहिले पनि हामीसँग कर्मचारीको अभाव नै छ

- 159Shares
स्थानीय तह केन्द्रित विषयमा सटीक प्रश्न सटीक जवाफको श्रीङ्खला प्रमुखसँग ६ प्रश्न ? मा प्रदेश–२ अन्तर्गत पर्सा जल्लाको स्थानीय तह वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीसँग पालिका न्यूजका लागि प्रदेश–२ का संवाददाता नितेश यादवले गरेको संवादको सम्पादित अंश :
१) यतिबेला चाडवाडको समय छ ? तपाइँको पालिकामा कोरोना संक्रमणको जोखिम कत्तिको छ ?
अब भन्न चाहिँ ग्रिन जोन मै भनिन्छ पर्सा जिल्लालाई । तैपनि यो लकडाउन, निषेधाज्ञा खुल्ला गरिएको छ । यो अवस्थामा चै रिक्स त्यतीकै छ, तैपनि स्थिति हेर्दा कन्ट्रोल अवस्थामै छौँ । मलाई एकज्याक्ट त थाहा छैन । किनभने म ५÷७ दिनदेखि वीरगञ्ज बाहिर नै छु । तैपनि दिनमा ६÷७ वटा भन्दा बढी केसहरु आइरहेकै छैन ।
२) कोरोना संक्रमणका कारण विकास निर्माणका काममा के कस्तो प्रभाव परेको छ ?
विकास निमार्णको काम विगत ६/७ महिनादेखि नै प्रभावित छ । विकास निमार्णका काम २ वटा कारणले प्रभावित भएको हो । एउटा त कोरोना नियन्त्रणमा हाम्रो खर्च बढेको छ, एकातिर कोरोनाको कालमा एकदमै फिक्स टाइम थियो त्यतिबेला चै विकासका कामहरु गर्न/गराउन पनि गाह्रो थियो । त्यसको कारणले धेरै कामहरु प्रभावित भएका छन् । तैपनि हामी प्रयास गर्दै छौँ, थुप्रै योजनाहरुलाई समयमै पुरा गर्नका लागि । जे–जस्तो अवस्था छ, सावधानी अपनाएर काम गर्न लागिपरेका छौँ । तर, अहिले जुन गतिमा हुनुपर्ने हो त्यो स्पिडमा हुनसकेको छैन । गएको वर्ष पनि हामीले लक्ष्यको ६७ प्रतिशत काम पुरा गर्न सक्यौँ । अब यो वर्ष अहिले सम्म गर्नु पर्नेमा कुनै खासै प्रगति हुन सकेको छैना । तर, अब हामीले सबै टेन्डरहरु निकालीसकेका छौं । एक महिनाभित्र सबै कामहरु सुचारु हुन्छ ।
३) तपाइँको पालिकामा यो बर्ष के–कस्ता कार्यक्रमहरु प्रमुख प्राथमिकतामा परेका छन् ?यसपाली हामीले उज्यालो वीरगञ्ज भन्ने एउटा कार्यक्रम ल्याएका छौँ । जसमा १४ करोडको करिब लाइटिङको कामहरु हामी कँहा हुँदै छ । त्यसमा १४ हजार बत्तीहरु लाग्दैछ । हुन त यो कार्यक्रम २४ करोडको हो । तर, यो साल हामीले १४ करोड रुपैयाँ खर्च गर्दैछौँ । दोस्रो चाँही मेडिकल वेस्ट हुन्छ, मेडिकल फोहोर मैलाहरु त्यसलाई डिसइन्फेक्सन गर्ने हामी बनाउन गइरहेका छौँ । त्यसको पनि टेन्डरको कामहरु भएर प्रकृया २/४ दिनमै अगाडि बढ्ने अवस्थामा छ । ग्रेहरुको माथि ढलाई गरेर सानासाना ढुगां राख्दिन्छौं जसले गर्दा फोहोर नहोस् । र वीरगञ्जको मुटु घण्टाघर मै हाम्रो आफ्नो १० विघा जग्गा छ, त्यसमा कम्पाउण्ड बनाएर अगाडिको कामहरु गर्दैछौँ । यस्तै कामहरु कामहरु प्राथमिकताका साथ गर्दैछौँ ।
४) पालिकामा कर्मचारीसँग काम गर्न कतिको सहज छ ?
अब यस्तो छ हेर्नुस्, महानगरपालिका भएको छ तर, महानगरपालिकालाई चाहिने क्षमताको कर्मचारी अहिले पनि हामीसँग छैन । नेपाल सरकारले लोकसेवा लिएर पठाएका छन् । त्यो छौँटो, सातौँ तहको मान्छेहरु छन् । जुन अनएक्सप्रिएन्स नै छ । तर, अब बिस्तारै टेन्ड भइराख्नुभएको छ । तैपनि जुन महानगरपालिकाको हैसियतमा जनु क्यापिसिटीको कर्मचारी चाहिन्छ त्यो छैन । नगरपालिका र उप–महानगरपालिकासम्मको लागि ठिक थियो । महानगरपालिकाको हिसाबमा अहिले पनि हामीसँग कर्मचारीको अभाव नै छ ।
५) तपाइँको कार्यकालमा पालिकामा सम्पन्न भएका महत्वपूर्ण योजनाहरु के–के छन् ?
हाम्रो बढी फोकस अहिले चै वेस्ट म्यानेजमेन्टमा थियो । जसमा हामी दैनिक १ करोड लिटर पानीलाई प्रशोधन गर्नको लागि ३ करोड क्षमता लिटरको फोहोर पानी केन्द्रको सुरु गर्यौँ । त्यस्तै अर्को प्रोजेक्ट थियो हाम्रो । स्वालिडिवेस्ट हामीले सुरु गयौँ । विधिवत उद्धघाटन हुन बाँकी छ । जतिपनि वीरगञ्जमा स्वालिडिवेस्टहरु थियो । कुहिने र नकुहिने गरी । कुहिनेबाट मल बनाउने र नकुहिनेलाई जतिसके छापेर बेच्ने बाँकी रहेकालाई डम्पिङ्ग गर्ने । त्यसको हाम्रो एउटा प्रोजेक्ट ६० करोडको लागतमा रेडी भइसकेको छ । अब त्यहीँनेर हामीले मोडिकल वेस्टको पनि प्लान्ट बनाउँदै छौँ र एउटा बायो ग्यास प्लान्ट पनि त्यही निर बनाउन गइरहेका छौँ । त्योसँग–सँगै हाम्रो नँया रोडको निर्माण कार्य सम्पन्न हुँदैछ ।
६) तपाइँको नगरमा जनअपेक्षा पुरा गर्ने गरि काम भएको छ ?
अब यस्तो छ हेर्नुस्, हामी जे बोलेर आउँछौ, त्यो हामी घोषणा पत्रमा ल्याउछौँ, जो सोच बनाउँछौ, हाम्रा विपक्षी साथीहरुले सोच बनाएर आउनुहुन्छ नि सबै चिजको एउटा गिभेन कन्डिसन भन्छौँ के । अवस्थामा मात्र पुरा गर्नसकिन्छ । त्यो अवस्था पुरा हुन सकेन भने गाह्रो हुन्छ । किनकी राजश्व उठ्ने कुरादेखि लिएर धेरै कुराहरु जाचेका हुन्छन् । तर, नँया–नँया कानूनहरु ल्याएर बनाउनुमै टाइमहरु बित्यो । सिस्टमलाई नै सेट गर्नमा टाइमहरु बित्यो । त्यैपनि बोलेका कुराहरु भन्दा बढी गर्ने प्रयासहरु गर्दैछौँ । हामीलाई लाग्दैन कि त्यसो गर्न सक्दैनौँ । यो हाम्रो पाँच वर्षको कार्यकालमा हामीले जति सोचेको कुराहरु सबै पूर्ण हुँदैन । मलाई थाहा छ, यो कुराहरु । किनभने अहिले पनि डिमार्केशन समाप्त भएको छैन । त्यैपनि हामी सन्तुष्ट छौँ । हामी जति गरिरहेका छौँ, आफ्नो क्षमताभन्दा बढी हामी काम गर्न सकिरहेका छौँ ।
- 159Shares
159
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
