सुदुरपश्चिमकै ठूलो शक्तिपिठ– उग्रतारा (फोटो फिचर) - Palikanews.com
Connect with us

फोटो फिचर

सुदुरपश्चिमकै ठूलो शक्तिपिठ– उग्रतारा (फोटो फिचर)

  • 747
    Shares

डडेलधुरा :  उग्रतारा मन्दिर सुदुरपश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवती मन्दिरहरू मध्येको एक मन्दिर मानिन्छ ।

उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख नभेटियता पनि यसको उतपतिको किम्बदन्ति अनुसार धेरै वर्ष अघि उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकी जातिको बसोबास रहेको थियो । जुनकुरा त्याहाँको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरूले कृषि कार्य गर्दथे ।

एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन । रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो ।

हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ र यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खान भनि ल्याएको “मास“ को खिचडी सोही सिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।

ति किसान नै त्याहाँको पुजारी भए र तिनको सन्तानहरूले पुजारी हुदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने प्रचलन छ ।

यसरी पजारी अवतार नभएको अवस्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरूले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ, एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवश्थासम्मपनि सन्तान नभएको ले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढिपी गरिरहँदा उनको छोरो भयो । छोरो ठूलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक वर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ ।

र आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन । सोही हुनाले आधारातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीसँग लिप्त भएको र समय नदिएको हुँदा त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा आक्रोसको साथ राति नै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको बरदानबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ ।

यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ । कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरूले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई त्यहा न्वाखोलाकोरूपमा नामकरण गरिएको छ । त्यहाँ कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरिबाट मात्र नभई विभिन्न जिल्लाबाट मेला भर्न आउदँछन् । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउँद लाग्ने हुँदा डडेलधुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आउछन् ।

खनमडा, छचोडा, दमडा र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउँछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशीको राती रत्यौली मनाउने, मन्दिर पग्नु अगाडि लटाउली लगायत खनमडाट, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरी देउरो उग्रतारामा गौरवमय परम्परा आफैँमा रोमान्चक हुने गर्छ ।

तस्विर :

  •  
    747
    Shares
  • 747
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

मुख्य समाचार51 years ago

सरकारी जग्गा कसैलाई प्रयोग गर्न नदिन स्थानीय तहलाई परिपत्र

प्रदेश ५51 years ago

दाङमा ५ सय ९५ जना एचआईभी संक्रमित

बागमती51 years ago

काठमाडौँका अधिकांश स्थानीय तहहरु विद्यालय संचालन गर्ने तयारीमा जुट्दै

स्थानीय कला साहित्य51 years ago

नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक

बागमती51 years ago

अग्निशालमा जस्ताको छाना हटाएर अब तामाको छाना

बागमती51 years ago

माहामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला : मन्त्री ढकाल

अर्थ51 years ago

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दै

गण्डकी51 years ago

२५ चितुवाका तस्वीर क्यामरामा कैद

प्रदेश २51 years ago

समाचकेवा पर्वको अवसरमा धानको झुट्टी प्रतियोगिता

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement