नेपालमै पहिलो स्काई साईक्लीङ्ग सहितको मेरो प्लानेट पार्क नेपालगन्जमा (फोटो फिचर) सहित

बाँके : नेपालगन्ज शहरको बाले गाउँमा नेपालमै पहिलो स्काई साईक्लिङ्ग सुविधा भएको मेरो प्लानेट पार्क सञ्चालनमा आएको छ । स्काई साईक्लिङ्ग सँगै वाल क्लाइम्बिङ्ग, जिप लाईन, स्विमिङ्ग, रेईन डान्स जस्ता शाहसिक खेलको प्याकेज सहीतको सुविधा विस्तार गरेर मेरो प्लानेट पार्क सञ्चालनमा आएको हो ।

देशकै प्रमुख शहर मध्येको नेपालगन्जबाट करिब साढे एक किलो मिटर पुर्वमा रहेको बाले गाउँमा गत कात्तिक महिना देखि सुविधा सम्मपन्न मेरो प्लानेट पार्क सञ्चालनमा छ ।

मेरो प्लानेट पार्कका ४ स्वीमिङ पुलहरुमा एक पटकमा २ हजार ५ सय जनाले वाटर फनको आनन्द लिन सक्ने छन् । नेपालमै सबैभन्दाबढी गर्मी हुने नेपालगन्ज क्षेत्रका बासिन्दाहरु गर्मीबाट बच्ने र रमाउने उपाय खोजिरहेका हुन्छन् । गर्मीबाट राहत पाउने एउटा माध्यम पौडी पनि हो । कोरोना कहरकै अवस्थामा पनि हाल दैनिक हजार जना मेरो प्लानेट पार्कमा घुम्न आईरहेको पार्कका जनरल व्यवस्थापक पदम सुवेदीले बताउनुभयो ।

मेरो प्लानेट फन पार्कमा साना ठुला गरेर ४ वटा स्वीमिङ पुल छन् । सबैभन्दा ठुलो स्वीमिङ पुलको लम्बाइ र चौडाइ ५०–५० मिटर छ । गर्मीमा पौडी खेल्दै रमाउने उपाय खोजिरहेकाहरुलाई लक्षित गरेर नेपालगन्जमा ठुलो लगानीमा वाटर फन पार्कसहित सुविधा सम्पन्न मनोरञ्जनस्थल सञ्चालनमा आएको छ ।

शाहसिक खेलमा रुची राख्नेहरुको लागि स्काई साईक्लिङ्ग, जिप लाईन, वाल क्लाइम्बिङ्गले मनोरञ्जन प्रदान गर्नेछ । पार्क भित्रै बालबालिकाका लागि आकर्षक बाल उद्यान, अत्याधुनिक रेस्टुरेण्ट, लज तथा मिटिङ्गहलको सुविधा पनि रहेको छ । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको मेरो प्लानेट फन पार्क नेपालकै ठुलो स्विमिङ्ग पुल भएको पार्क हो ।

नेपालमै सबैभन्दाबढी गर्मी हुने नेपालगञ्ज क्षेत्रका बासिन्दाहरु गर्मीबाट बच्ने र रमाउने उपाय खोजिरहेका हुन्छन् । गर्मीबाट राहत पाउने एउटा माध्यम पौडी पनि हो ।

विभिन्न रोमान्चक खेलहरु खेल्दै वाटर फन पार्कको मज्जा लिनका लागि करिब ६ देखि ८ घन्टा लाग्ने छ । सामान्य अवस्थामा भारतका विभिन्न शहरबाट दैनिक ३ देखि ५ हजार भारतीय नागरिक नेपालगन्ज आउछन् । कोरोना संक्रमणका कारण लामो समयदेखि मानिस घर तथा आफ्नै शहरमा बस्न बाध्य भए पनि कोरोना संक्रमण नियन्त्रणमा आउना साथै पर्यटन उद्योगले फड्को मार्ने पर्यटन व्यवसायीको विश्वास छ ।

नेपालगन्जबाट हुम्लाको सिमकोट हुँदै भारतीय पर्यटक कैलाश मानसरोवरको यात्रामा जान्छन् । मौसम प्रतिकुल भएका कारण हवाई उडान नहुँदा दैनिक ५ सयसम्म पर्यटक नेपालगन्ज मै रोकिन्छन् ।

कैलाश मानसरोवरको यात्रामा निस्किएका भारतीय पर्यटकलाई लक्षित गरेर मनोरन्जन पार्क निर्माण गरिएको हो । अहिलेको कठिन समय छिट्टै हटेर जाने र पूर्ववत् रुपमा व्यापार व्यवसाय फस्टाउने आशामा पर्यटन व्यवसायी छन् ।

तस्विर हेर्नुहोस :