बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा संघीयता कार्यान्वयनमा आए पश्चात चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुसार ९० प्रतिशत काम सकिएको नगर प्रमुख डा. धवल शम्शेर राणाको दाबी ।
पालिका भित्र भौतिक निर्माणमा ९० प्रतिशत काम सकिएको र बाँकी काम पनि भईरहेको प्रमुख राणाको भनाई छ। पालिकाबाट पाउने पारिश्रमीक नगरकै विकासमा लगाएको भन्दै मेयर राणाले भने–“हामी पालिकामा भ्रष्ट्राचार बिरुद्ध शुन्य शहनशिलता अपनाएर काम गरिरहेका छौँ, भ्रष्टाचार पनि गर्दैनौँ गर्नेलाई पनि छोड्दैनौँ ।
पालिकाको समृद्धिमा हाम्रो नगर नेपालकौ उत्कृष्टमा रुपान्तरीत भइसकेको छ । हामी कसरी हुन्छ थप राम्रो बनाउँदै जाने प्रयासमा छौँ ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणासँग पालिका संवादमा पालिका न्यूजका संवाददाता सुनिल धामीले गरेको कुराकानीको सम्पादीत अंश : पुरा भिडियो :