थलाराको समृद्धिका लागि कृर्षि, पर्यटन र शिक्षालाई जोड दिएका छौँ : अध्यक्ष उपाध्याय

आफु निर्वाचित भएपछि गाउँपालीकाको समृद्धिका लागि कृर्षि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको बझाङ्गको थलरा गाउँपालीकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले पालिका न्यूजको कार्यक्रम पालिका संवादमा बताए ।

पालिका न्यूजसँग कुराकानी गर्दै उनले भने–“थलारा गाउँपालीकाको मुख्य आयस्रोत र उत्पादन भनेको कृषी हो । त्यसैले किसानको विचार र भावनासँग जोडिनु पर्छ भनेर पकेट क्षेत्र बनाएर काम गरिरहेका छौँ । थलारा गाउँपालीका कृषी प्रवर्दनमा लागि परेको छ ।”
थलारा गाउँपालीकाको माथिल्लो बेल्टलाई स्याउ पकेटको रुपमा, मध्य बेल्टलाई अमिलो जातको फलफूल र तल्लो बेल्टलाई आँप लिच्ची पकेट क्षेत्रको रुपमा विकास गर्ने तरीकाले विभाजन गरेर काम गरिरहेकाछौँ ।

प्रत्येक विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरेका छौँ । जिर्ण अवस्थामा रहेका र भवन नै नभएका २५ वटा विद्यालयमा भुकम्प प्रतिरोधी भवन निर्माण गरेका छौँ । त्यस्तै छडिबेल झर्नामा क्यानोनिङ्ग र बन्जि जम्प निर्माण गर्दै छौँ । गत आर्थिक वर्षमा छडिबेल झर्नामा क्यानोनिङ्गको लागि सर्भे गरेर बजेट छुट्याएका थियाँै तर कोभिड–१९ को असरले कार्यक्रम प्रभावित भयो । थलारा गाउँपालीकामा क्यानोनिङ्ग र बन्जीजम्पको निर्माण कार्य प्रक्रियामा छ ।

त्यस्तै प्रत्येक वडामा सडक सञ्जाल पु¥याएको र अधिकांश बस्तीहरुमा एक घर एक धारा निर्माण गरेको अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकामा प्राविधिक कलेज सञ्चालन गरेको तथा प्रत्येक वडामा बर्थीङ्ग सेन्टर सञ्चालनमा ल्याएको जानकारी गराए ।

पालिका न्यूजको संवाद कार्यक्रम पालिका संवादमा संवाददाता सुनिल धामीले बझाङको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायसँग गरेको संवादको पुरा भिडियो :