भीमदत्त नगर र नेपाल बैंक लिमिटेड बिच सम्झौता - Palikanews.com
Connect with us

अर्थ

भीमदत्त नगर र नेपाल बैंक लिमिटेड बिच सम्झौता

  • 1
    Share

कञ्चनपुर : उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पु¥याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग बिहीबार सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो ।

नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । नगरपालिकाको सातौं नगरसभाबाट १०० जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिए बमोजिम उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरी कार्यक्रम अघि बढाएको हो ।

कार्यक्रममा कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो देशमा रोजगरी गुमाएका र रोजगारी पाउन नसकेका बासिन्दालाई प्राथमिकता दिइएको छ । उद्यम, व्यवसाय गर्न चाहने बासिन्दाले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण उपलब्ध पाउन सक्ने भएका छन् । बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरी दिने सम्झौता उल्लेख गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो मुलुकबाट घर फर्र्किर्कएर रोजगार गुमाएका र रोजागरी पाउन नसकेका बासिन्दालाई उत्पादनसित जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो देशबाट घर फर्किएर धेरै जनाको रोजागरी गुमेको छ, कति जनाले देशमै रोजागर नपाएको अवस्था छ, नगर प्रमुख बिष्टले भन्नुभयो, उत्पादनसित नजोडेर आर्थिक क्रान्ति आउँदैन, त्यसैले उद्यमशिलता विकास गरी स्वरोजगार बनाउन कार्यक्रम ल्याएका छौँ ।

नगरपालिकाले भारतसहित तेस्रो मुलुकबाट फर्केका बासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट काम गर्न चाहने व्यवसायका लागि लगत सङ्कलन गरी सकेको छ । नगर क्षेत्रका ११ हजारभन्दा बढीको फाराम सङ्कलन गरीएको छ ।

नगर प्रमुख विष्टले कृषि र पशुपालनलाई व्यावसायिकरण नगरी आर्थिक समृद्धि असम्भव हुने उल्लेख गर्दै आर्थिक क्रान्तिका लागि उत्पादनमा जोड दिइएको बताउनुभयो ।

भीमदत्त नगरपालिका र बैंकबीच कृषि, गैर कृषि, पशु पालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । व्यवसायीले बिना धितो बैंकबाट ऋण लिएपछि ब्याज तिर्नु पर्ने छैन । भीमदत्त नगरपालिकाले ऋणीको ब्याज तिरी दिनेछ । भीमदत्त नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउन अघि बैंकमा कोष स्थापना गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो । त्यसका लागि यस वर्ष नगरपालिकाले बैंकको कोषमा रु एक करोड रकम जम्मा गर्न लागेको छ । नगरपालिकाले मेयर उद्यमशिलता कार्यक्रमका लागि निर्देशिका र सहुलितयपूर्ण कर्जामा ब्याज अनुदान कार्यविधि बनाई सकेको जनाएको छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लिमिटेडका महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले तिहारपछि सम्झौता अनुसार कर्जा उपलब्ध गराउन शुरु गरिने बताउनुभयो ।

“छोरा छोरी पढाउन सकियोस्, जीविकोपार्जन गर्न सकिने भन्ने दीर्घकालिन रुपमा व्यवसाय गर्न सकियोस् भन्ने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको छ, प्रबन्धक चन्दले भन्नुभयो, सम्झौता भएको छ, अब तिहारपछि शुरु गर्छौँ ।

बैंकका प्रबन्धक चन्दले कार्यक्रम सञ्चालनका लागि बंैकमा छुट्टै इकाई खडा गरी कार्यक्रम अघि बढाइने बताउनुभयो । यसमा अरु कर्जा जस्तो हुँदैन, कर्मचारीको छुट्टै युनिट खडा गरी ‘सेभेन वर्कस डे’ भित्र सक्ने गरी काम गर्छौ, प्रबन्धक चन्दले भन्नुभयो ।

बैंकका प्रबन्धक चन्दले सहुलियत पूर्ण कर्जामा पनि पुरुषलाई ३.८ र महिलालाई २.८ प्रतिशत ब्याजमा ऋण दिइने बताउनुभयो । बैंकले त्यो ब्याज नगरपालिकाको कोषबाट कट्टा गर्छ, त्यस बाहेकको अरु ब्याज सरकारले व्यहोर्छ, उहाँले भन्नुभयो ।

सरकारको नीतिअनुसार नेपाल बंैक लिमिटेडले ६.८ प्रतिशत ब्याजमा सहुलितयपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । बंैक प्रबन्धक चन्दले उद्यमी व्यवसायी छनोटदेखि सिफारीससम्म नगरपालिका र बैंक सहकार्य हुने बताउनुभयो ।

  •  
    1
    Share
  • 1
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

मुख्य समाचार51 years ago

सरकारी जग्गा कसैलाई प्रयोग गर्न नदिन स्थानीय तहलाई परिपत्र

प्रदेश ५51 years ago

दाङमा ५ सय ९५ जना एचआईभी संक्रमित

बागमती51 years ago

काठमाडौँका अधिकांश स्थानीय तहहरु विद्यालय संचालन गर्ने तयारीमा जुट्दै

स्थानीय कला साहित्य51 years ago

नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक

बागमती51 years ago

अग्निशालमा जस्ताको छाना हटाएर अब तामाको छाना

बागमती51 years ago

माहामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला : मन्त्री ढकाल

अर्थ51 years ago

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दै

गण्डकी51 years ago

२५ चितुवाका तस्वीर क्यामरामा कैद

प्रदेश २51 years ago

समाचकेवा पर्वको अवसरमा धानको झुट्टी प्रतियोगिता

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement