सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलको माग बढ्दै - Palikanews.com
Connect with us

मुख्य समाचार

सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलको माग बढ्दै

  • 24
    Shares

सुदूरपश्चिम : तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो ।

कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको व्यापारीहरुको भनाइ छ ।

मालाको माग बढेसँगै यतिबेला प्रदेशको अस्थायी राजधानी धनगढी,अत्तरिया लगायतका शहरी क्षेत्रका बजार बनावटी फूलमालाले रङ्गिन बनेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने फूल लगायतका समग्री खरिद गर्न यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।

भाइ टीकाको दिन दिदी बहिनीले दाजु भाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा नेपाली समाजमा छ । मखमली र सयपत्री फूलको माला कृत्रिम भन्दा महङ्गो पर्ने भएपछि बनावटी माला लगाउनु पर्ने अवस्था देखिएको स्थानीय महेश्वरी जोशीले बताउनु भयो ।

बजारमा सहज रुपमा र सहुलियत मूल्यमा सयपत्री र मखमलीका माला पाउँदैन ,कतै पाइएछ भने निकै महङ्गो हुने गरेको छ, उहाँले भन्नुभयो । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको स्थानीय व्यापारीको भनाइ छ ।

कैलाली, कञ्चनपुर, बैतडी लगायतका जिल्लाका सीमा नाकावाट तिहारको समयमा भारतबाट ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेको छ । यस वर्ष भने कोरोनाको जोखिमका कारण कृत्रिम माला आयातमा भने विगत वर्षको तुलनामा केही कमी आएको छ ।

कागज,कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समय सम्म टिक्ने, झट्ट हेर्दा आर्कषक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।

यस वर्ष अधिकांशका घरमा कात्तिक पहिलो हप्तामा नै सयपत्री फूल फुलेका थिए । तर ढिलो गरी तिहारको साइत आउँदा अधिकांशका घरमा फुलेका फूल बोटमै सुकेर प्रयोग गर्न नमिल्ने भएपछि पनि बनावटी फूल प्रयोग गर्नु पर्ने अवस्था आएको हो । स्थानीय पार्वती पाण्डेयले भन्नुभयो, घरमा रोपिएको सयपत्री सुकेर काम नलाग्ने भएपछि बनावटी फूलको खोजी गरेकी छु ।

यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुट रुपमा कतिपयले प्राकृतिक फूलको व्यवासायिक खेती गर्ने गरेको भएपनि माग अनुसारका फूलको उत्पादन र बजारीकरण हुन सकिरहेको छैन ।

  •  
    24
    Shares
  • 24
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

ब्यासका जनप्रतिनिधीले बुझाए मुख्य मन्त्रीलाई ज्ञापनपत्र

प्रदेश १51 years ago

तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास

प्रदेश १51 years ago

जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला

बागमती51 years ago

काठमाडौं महानगरले तयार पार्यो स्थानीय पाठ्यपुस्तक

गण्डकी51 years ago

पोखरा महानगरका सबै वडामा राष्ट्रिय सञ्जाल गठन

कर्णाली51 years ago

हुम्लामा जीव दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइत

मुख्य समाचार51 years ago

दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कर्णाली51 years ago

बहुविवाहको आरोपमा वडा अध्यक्ष पक्राउ

प्रदेश २51 years ago

सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण

बागमती51 years ago

बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

मुख्य समाचार51 years ago

शुक्रबार थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि

मुख्य समाचार51 years ago

लैंगिक हिंसा विरुद्ध गन्धर्वले गाए संदेशमुलक गीत

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement