वालुङ समुदायले मात्र मनाइँने फुटुक पर्व यो वर्ष मनाईदै - Palikanews.com
Connect with us

प्रदेश १

वालुङ समुदायले मात्र मनाइँने फुटुक पर्व यो वर्ष मनाईदै

  • 43
    Shares

ताप्लेजुङ : फक्तालुङ गाउँपालिका वडा नम्बर ७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाउन थालेका छन् । परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङगोलामा मात्र वालुङ समुदायले मनाइँदै आएको पर्व यो वर्षमा विदेशी पाहुना आउन सकेन ।

कृष्ण पक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन सकिने गर्छ । पर्वमा नजीकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू जम्मा हुने गरेका छन् । एक दिन हिँडेर लुङथुङ, लेलेप, सेकाथुम साथै अन्य गाउँबाट पर्व मनाउन ओलाङचुङगोला पुगेको पे्रम शेर्पाले जानकारी दिनुभयो ।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । साथै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुनेछ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिहरुको विश्वास रहेको छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।

यस्तै, लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् । लामाको नृत्य हेर्न साथै भगवानको आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजीकै पाल टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।

फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ । अघिल्ला वर्षमा फुटुक पर्वका समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेको तर कोरोनाका कारणले यो वर्ष भने आउन सकेन ।

ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनी विशेषरूपमा मनाइँदै आएको हो । चीन र नेपालको सिमानाका नजीकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ ।

ऐतिहासिक महत्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो वर्ष मनाउने भएकाले फुटुक पर्वलाई संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटन विकास र प्रवद्र्धन गर्नका लागि फक्ताङलिङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताउनुभयो ।

यस गाउँमा ५६ घरधुरी रहेका छन् भने नजीकैको बस्ती याङ्मामा ११ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारी साधनमा र हिँडेर गरी दुई दिनको समयमा पुगिन्छ ।

  •  
    43
    Shares
  • 43
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

बाजुराको विच्छ्यामा आगलागी हुँदा एका घर जलेर नष्ठ

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement