एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै ६० हजार आम्दानी - Palikanews.com
Connect with us

गण्डकी

एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै ६० हजार आम्दानी

  • 30
    Shares

कास्की : बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गर्नुभएको हो ।

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्नुभएका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आप्mनो दैनिक खर्च चलाएको अनुभव सुनाउनुभयो ।

विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर छ, गाह्रो काम गर्न सक्दिनँ, उहाँले भन्नुभयो, हातको सीपसँगै केही हदसम्म भए पनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आप्mनो उपचारमा समेत सहयोग पुगेको छ । बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उहाँले बताउनुभयो ।

चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उहाँले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आपूmले बुन्ने गरेको जानकारी दिनुभयो । नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५५०, विभिन्न आकारका थुन्से रु ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७०० देखि ८००, धान राख्ने कोठाको रु दुई हजार र बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदै आएको छ । बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उहाँले वातावरणीयसँगै स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय निगालो र बाँस पनि पाउन कठिन बनेको छ ।
बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले दुखेसो सुनाउनुभयो । कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको छ, उहाँले भन्नुभयो, मङ्सिर ४ गते चौथोपटक किमो चढाउने भनेको छ, यसअघि स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?

श्रीमान् रोग र भोकसँंगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारी खरिद गरी बजार र घरबाटै बिक्री गर्दै आएकी छु, रत्नकुमारीले भन्नुभयो, “दुई छोराले र छोरीहरूले पनि सहयोग गर्दै आएका छन् ।

  •  
    30
    Shares
  • 30
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

बाजुराको विच्छ्यामा आगलागी हुँदा एक घर जलेर नष्ठ

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement