झापाको विर्तामोडमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु, दुई घाइते - Palikanews.com
Connect with us

प्रदेश १

झापाको विर्तामोडमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु, दुई घाइते

  • 24
    Shares

झापा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन. मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने २२ वर्षीय गगन तामाङ घाइतेको भएको उहाँले बताउनुभयो । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए ।

सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

  •  
    24
    Shares
  • 24
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

अन्तर्वार्ता51 years ago

कार्यक्रमको कार्यान्वयन हुने भनेकै स्थानीय तहमा हो : अध्यक्ष थापा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement