३३ नगरपालिकालाई सहयोग गर्नेगरि विश्व बैंकबाट ४२ अर्ब सहयोग - Palikanews.com
Connect with us

अर्थ

३३ नगरपालिकालाई सहयोग गर्नेगरि विश्व बैंकबाट ४२ अर्ब सहयोग

  • 3
    Shares

काठमाडौं : नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्रालयमा आज हस्ताक्षरपछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करीब रु १८ अर्ब) बराबरको नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनीतिक शहरी समूहमा अवस्थित ३३ नगरपालिकालाई सहयोग गर्नेछ । यसमा पूर्वी तराई क्षेत्र (प्रदेश नं १ र २) र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) का नगरपालिका पर्छन् ।

आयोजनाले कार्यक्षेत्रअन्तर्गतका नगरपालिका र त्यहाँ बसोबास गर्ने नागरिकको प्राथमिकतामा आधारमा लक्षित शहरका रणनीतिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान स्रोतको सुनिश्चिततासहित आर्थिक सहयोग पु¥याउने छ । साथै साना खालका श्रमकेन्द्रित सार्वजनिक निर्माण कार्यलगायतमा आर्थिक सहयोग पु¥याइनेछ ।

अर्थ सचिव ढुङ्गानाले आयोजनाले नेपालमा सङ्घीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पु¥याउने बताउनुभयो ।

यसैगरी नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका उपकरणमा विविधता ल्याउन र वित्तीय सेवाको पहुँचमा वृद्धि गर्नका लागि नेपाल सरकारले अङ्गीकार गरेका विभिन्न सुधारका प्रयास र व्यक्त गरेका प्रतिबद्धताको सराहना गर्दै विश्व बैंकले २० करोड अमेरिकी डलर (करीब रु २४ अर्ब ) बराबरको ‘आर्थिक वृद्धिका लागि वित्त’ नीति विकास सहायतामार्फत बजेटरी सहयोग प्रदान गरेको हो ।

आयोजनाले महामारीको प्रभावका सन्दर्भमा बैंकिङ र वित्तीय संस्थाले सामना गर्नुपर्ने जोखिमको उचित सुपरीवेक्षणमा सहयोग पु¥याउनेछ । यसले निजी क्षेत्रमा जाने पूँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसर उपलब्ध गराउन सहयोग प¥याउने विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील योजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा सहयोग पु¥याउँदै तत्कालका आवश्यकताका साथसाथै दीर्घकालीन उद्देश्य प्राप्त गर्न र महामारीपछि पहिलेभन्दा सबल र उत्तम पुनःनिर्माणका अवसर सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“नयाँ आयोजनामार्फत हामी सङ्घीयता कार्यान्वयन प्रक्रियाको एक हिस्साका रूपमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थाहरूलाई सुदृढ पार्न र आर्थिक पुनरुत्थानलाई बढावा दिँदै उत्थानशील वित्तीय क्षेत्रको निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न उत्साहित छौँ ।

  •  
    3
    Shares
  • 3
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

ब्यासका जनप्रतिनिधीले बुझाए मुख्य मन्त्रीलाई ज्ञापनपत्र

प्रदेश १51 years ago

तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास

प्रदेश १51 years ago

जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला

बागमती51 years ago

काठमाडौं महानगरले तयार पार्यो स्थानीय पाठ्यपुस्तक

गण्डकी51 years ago

पोखरा महानगरका सबै वडामा राष्ट्रिय सञ्जाल गठन

कर्णाली51 years ago

हुम्लामा जीव दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइत

मुख्य समाचार51 years ago

दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कर्णाली51 years ago

बहुविवाहको आरोपमा वडा अध्यक्ष पक्राउ

प्रदेश २51 years ago

सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण

बागमती51 years ago

बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

मुख्य समाचार51 years ago

शुक्रबार थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि

मुख्य समाचार51 years ago

लैंगिक हिंसा विरुद्ध गन्धर्वले गाए संदेशमुलक गीत

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement