नगरपालिकाको कोरोना महामारीको खर्च विवरण सार्वजनिक , एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ - Palikanews.com
Connect with us

प्रदेश २

नगरपालिकाको कोरोना महामारीको खर्च विवरण सार्वजनिक , एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ

  • 18
    Shares

सप्तरी :  बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ ।

सप्तरी बोदे बर्साइन नगरपालिकाले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामाग्री खरिद गरिएको छ ।

नगरपालिकाको कार्यालयले प्रमाणित गरेको खर्च विवरणमा साबुनको शुल्क मनमरी राखेको पाइएको छ । चैत २२ गते ९५ पिस लाइफाबोय साबुन खरिद गरिएको छ, जसको मूल्य ३ लाख ६३ हजार ९८५ रुपैयाँ रहेको छ । यसअनुसार एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसा परेको छ ।

चार दिनपछि १ हजार १४० पिस साबुन किनिएको छ, जसको मूल्य ४ लाख ३१ हजार ९ सय ५५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मुल्य २ सय ९९ रुपैयाँ ९६ पैसा प¥यो ।

चैत ३१ गते फेरि ६ हजार ९ सय १२ पिस लाइफबोय साबुन किनिएको छ र २ लाख ३ हजार ८०६ रुपैयाँ खर्च देखाइएको छ । यसअनुसार एउटा साबुनको २९ रुपैयाँ ४९ पैसा प¥यो ।

यसबारे प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको तर्क गर्नुभयो । २२ चैतमा खरिद गरिएको साबुन ९५ पिस नभई कार्टुन भएको उहाँको दाबी छ । तर ९५ कार्टुन साबुन किनेको भए चार दिनपछि नै ६ हजार ९ सय १२ पिस किन खरिद गरियो भन्ने जवाफ उहाँसँग छैन ।

नगरपालिकाको हिसाब गडबड साबुनमा मात्र छैन, स्यानिटाइजर लगायतको मुख्यमा पनि छ ।खर्च विवरणमा २२ चैतमा ७ लाख ७ हजार १९२ रुपैयाँमा २ हजार ८०४ पिस स्यानिटाइजर खरिद गरेको उल्लेख छ ।

चार दिनपछि नगरपालिकाले फेरि २ हजार ४० पिस स्यानिटाइजर किनेको छ र यसको ६ लाख २२ हजार ४४० रुपैयाँको हिसाब देखाइएको छ । चार दिनको अन्तरमा एक पिस स्यानिटाइजरको मूख्यमा ४७ रुपैयाँ ४५ पैसा फरक परेको छ ।

नगरपालिकाले २८ वैशाखामा ७५ पिस पीपीई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार ५०० राखिएको छ । यसहिसावले एक पिस पीपीई सेटको ३६ हजार ७०० रुपैयाँ परेको छ । जुन बजार मूल्यभन्दा अत्याधिक धेरै हो ।

एक पिस सर्जिकल मास्कको मुल्य झण्डै ८० रुपैयाँ छ भने पञ्जाको मुल्य ७०० बढी राखिएको छ । अनलाईन खबर

  •  
    18
    Shares
  • 18
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

मुख्य समाचार51 years ago

सरकारी जग्गा कसैलाई प्रयोग गर्न नदिन स्थानीय तहलाई परिपत्र

प्रदेश ५51 years ago

दाङमा ५ सय ९५ जना एचआईभी संक्रमित

बागमती51 years ago

काठमाडौँका अधिकांश स्थानीय तहहरु विद्यालय संचालन गर्ने तयारीमा जुट्दै

स्थानीय कला साहित्य51 years ago

नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक

बागमती51 years ago

अग्निशालमा जस्ताको छाना हटाएर अब तामाको छाना

बागमती51 years ago

माहामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला : मन्त्री ढकाल

अर्थ51 years ago

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दै

गण्डकी51 years ago

२५ चितुवाका तस्वीर क्यामरामा कैद

प्रदेश २51 years ago

समाचकेवा पर्वको अवसरमा धानको झुट्टी प्रतियोगिता

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement