वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा - Palikanews.com
Connect with us

गण्डकी

वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा

  • 9
    Shares

वालिङ :  वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

वालिङ नगरकार्यपालिकाको आज बसेको बैठकले १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालको ‘¥यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेमा भन्दा कात्तिक महीनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौँ, नगरप्रमुख खाँणले भन्नुभयो ।

जनस्वास्थ्य ऐन एवं नियमावलीले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसको भीडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन र सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

त्यस्तैगरी बैठकले नगरपालिकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा रहनुभएका सङ्क्रमितलाई कोभिड १९ को लक्षण देखा परिरहेको र बिरामीको तत्काल ब्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिक रुपमा उपचारका लागि औजार तथा उपकरण तत्काल खरीद गर्ने निर्णयसमेत गरेको छ ।

वालिङ नगरपालिकामा हालसम्म १६९ जना सङ्क्रमित भएकामा १४३ जना निको भएर घर फिर्ता गएका छन् भने हाल २३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । हालसम्म वालिङका तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।

चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको संख्या ८४ जना थियो, शाखा प्रमुख पाण्डेले भन्नुभयो, कात्तिक महिनामा मात्रै समुदायस्तरमा ८५ जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड पोजेटिभ देखिएकाले भित्रभित्रै अझै बढी सङ्क्रमित हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्दछु । वालिङ नगरपालिकाले हालसम्म एक हजार ६२२ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ ।

  •  
    9
    Shares
  • 9
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

अन्तर्वार्ता51 years ago

कार्यक्रमको कार्यान्वयन हुने भनेकै स्थानीय तहमा हो : अध्यक्ष थापा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement