घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेपछि... - Palikanews.com
Connect with us

बागमती

घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेपछि…

लमजुङ : जिल्लाको क्होलासोथर गाउँपालिका वड नम्बर ३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०÷३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका हुन् ।

विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।

पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

विसं २०५७ बाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको उक्त समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो ।

यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार52 years ago

पुर्चौडी नगरपालिकाको कार्यालय र वडाहरुमा तला

गण्डकी52 years ago

एकाएक पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना

मुख्य समाचार52 years ago

देशभर ३,३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ संक्रमितको मृत्यु, १,३७३ कोरोनामुक्त

अर्थ52 years ago

सेयर कारोबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

मुख्य समाचार52 years ago

जंगल र बाघ एक अर्काको लागि आवश्यक : प्रधानमन्त्री देउवा

कर्णाली52 years ago

मनकला हत्या प्रकरण : हत्या गरेको आरोपमा दुई नाबालक पक्राउ

समाचार52 years ago

मन्त्रिपरिषद विस्तारअघि माधव नेपाललाई भट्न प्रचण्ड कोटेश्वरमा

बागमती52 years ago

ओझेलमा रहेको मध्यपुरथिमि क्षेत्रको मुहार फेरियो

अर्थ52 years ago

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

प्रदेश २52 years ago

उखु किसानहरु पुन आन्दोलनका लागि काठमाडौं

मुख्य समाचार52 years ago

स्थानीय पाठ्यक्रम निर्माण गरे चार स्थानीय तहले

समाचार52 years ago

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement