कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह - Palikanews.com
Connect with us

बागमती

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह

  • 26
    Shares

काभ्रेपलाञ्चोक :  जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ ।

विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले स्थानीय तहको वडा तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व हुनुपर्ने आवाज उहाँले उठाउँदै आउनुभएको छ । तिमल्सिनाले आफूहरू शारीरिकरुपमा कमजोर भए पनि सम्भव काम गरेर खान चाहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, खेतीपातीले एक महिनामात्रै खानपुग्ने मेरो परिवारले कोरोनाको समयमा काम गर्न नपाउँदा निकै समस्या झेलिरहेका छौँ, यसको सुनुवाइ सरोकारवाला निकायले छिट्टै गरोस् भन्ने चाहेका छौँ ।

विषम परिस्थितिमा हाल सो नगरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सञ्चालन गरेको ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ परियोजनाले अपाङ्गता भएका स्थानीय व्यक्तिको जीवनशैलीमा परिवर्तन आउने उहाँको विश्वास छ ।

तर, विपद्मा सबैभन्दा बढी जोखिम वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्ति नै हुने भएकाले जोखिम न्यूनीकरण समितिमा अपाङ्गता भएका व्यक्तिलाई राख्न सहज नभएको सो पालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, वर्षेनी अपाङ्गता भएका व्यक्ति केन्द्रित सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, सहज वा विषम परिस्थितिमा अपाङ्गता वर्गलाई नगरले प्राथमिकतामै राखेको छ । नगरको कार्ययोजनाले सबै अपाङ्गता भएका व्यक्ति समेटिएको उहाँले जिकिर गर्नुभयो ।

मण्डन देउपुरकै ६ नम्बर वडा निवासी शारीरिक अपाङ्गता भएको एवं अपाङ्गता महिला सङ्घको महासचिव पम्फा पुर्कुटी परियोजनाको अपाङ्गतामैत्री सूचना सामग्रीका कारण अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन हुँदै गएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, उहाँहरूले समुदायस्तरका आफ्ना हकहित तथा पाउने सेवा लिन थाल्नुभएको छ, जोखिम न्यूनीकरण तथा विपद्मा राहत पाउने विधिलगायतमा अहिले उहाँहरूको ध्यान केन्द्रित हुँदै गएको छ ।

परियोजनाको फोकल पर्सनसमेत रहनुभएका पुर्कुटीका अनुसार परियोजनामार्फत क्षमता अभिवृद्धिका तालीम भइरहेका छन् । नगरमा पाँच सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकास्थित शारीरिक अपाङ्गता भएका व्यक्ति एवं स्थानीय अपाङ्गता संस्थाका संयोजक चन्द्र लामा परियोजनाबाट सो समूहका स्थानीय व्यक्तिले केही लाभ लिइरहेको बताउनुहुन्छ । परियोजनाले जीवनयापनमा सहजता ल्याउने सूचना सामग्रीसँगै क्षमता अभिवृद्धिका कार्यक्रमले यहाँका त्यस्ता व्यक्तिमा आकर्षण देखिएको छ, उनीहरूका आवश्यकताअनुसारका राहत दिलाउने आश्वासन पाएका छौँ, उहाँले भन्नुभयो । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई परियोजनाको सेवामा आबद्ध हुन आग्रह गरिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसका कारण अपाङ्गता भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यस विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सीबीएमको साझेदारीमा सञ्चालित ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ नामक परियोजना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा र भुम्लु गाउँपालिका तथा सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सञ्चालन गरिएको छ ।

परियोजना सञ्चालित स्थानीय तहमा भौतिक पूर्वाधार (क्वारेन्टिन, स्वास्थ्य केन्द्र र बास केन्द्र) तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्ति लक्षित पहुँचयुक्त गतिविधि भइरहेको परियोजनाकोे कार्यक्रम अधिकृत सुरक्षा ढुङ्गानाले बताउनुभयो ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिले अब सूचना र सञ्चारका लागि अन्य समयजस्तै अवरोधको सामना गर्नुपर्ने छैन भन्ने अपेक्षा गरेका छौँ, उहाँले भन्नुभयो । उहाँका अनुसार क्षमता अभिवृद्धि तालीमले अपाङ्गता भएका व्यक्ति परिवार तथा समाजमा नयाँ काम तथा सहजीकरण गर्न हौसिएको पाइएको छ ।

नेपालको संविधान विसं २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (पहिलो संसोधन, २०७५)ले अपाङ्गता भएका व्यक्तिको सूचनाको हकलाई सुनिश्चित गरेको छ । नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २१ मा पनि यस हकको ब्याख्या गरिएको छ ।

उक्त महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चारप्रणाली पहुँचयुक्त हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य (नं १०)मासमेत अपाङ्गता भएका व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था गरेको छ ।

  •  
    26
    Shares
  • 26
  •  
  •  

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement