पाँचथरमा एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ - Palikanews.com
Connect with us

प्रदेश १

पाँचथरमा एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ

  • 8
    Shares

पाँचथर :  जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका २ हजार ९ सय ९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गर्नुभएको हो ।

शुक्रबार जिल्ला आउनुभएका उहाँले अलग अलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो । दुई वटा गाउँपालिकाका छ वटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रबार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो ।

जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर २ माङ्जाबुङका ७ सय २५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्राली काठमाडौँले रु छ करोड ९३ लाख ९४ हजार ४ सय ४५ को लागतमा विद्युतीकरणको काम सम्पन्न गरेको छ । विद्युत् विस्तारका लागि एचटी लाइन १२.७ किलोमिटर, एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार वटा ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिनुभयो ।

मिक्लाजुङ–१ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रालीले नै रु १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२.३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० वटा ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु पाँच करोड १२ लाख ७९ हजार २९५ को लागतमा यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो । विद्युत् विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९.३२ किलोमिटर एलटी लाइन विस्तार गरिनुका साथै आठ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणिन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो । यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो ।

विद्युत् विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतीकरणको कार्य अगाडि बढाएका थिए । सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताउनुभयो ।

पछिल्लो पटक प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत पनि विद्युतीकरणको कार्य अगाडि बढाइएको छ । उहाँले शुक्रबार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सवस्टेशन निर्माणको शिलान्याससमेत गर्नुभएको थियो ।

  •  
    8
    Shares
  • 8
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि निषाधाज्ञा

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement