राजविराज : सप्तरी जिल्लाको स्थानीय तहमा व्यापक अनियमितता भईरहेको जनगुनासो बढ्दै गएको बेला यहाँका एक नगरपालिकामा १२ करोड ३० लाख रकम बेरुजु देखिएको छ ।
शम्भुनाथ नगरपालिकामा १२ करोड ३० लाख रकम बेरुजु देखिएको प्रतिवेदन भने सार्वजानिक भएको छ ।
प्रादेशिक लेखापरिक्षण निर्देशनालय प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले गत २१ असारमा तयार पारेको आर्थिक बर्ष २०७५÷०७६ को लेखापरिक्षणमा सो बेरुजु देखिएको हो । नगरपालिकाले सार्वजनिक रुपमा यसवारे आम सर्वसाधारणलाई अहिले सम्म जानकारी गराएको छैन् ।
लेखापरिक्षकले तयार पारेको प्रतिवेदनमा नगरपालिकाले महालेखापरिक्षक बाट स्वीकृत लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार नगरेको जनाएको छ । बेरुजु रहेको कुल रकम मध्ये असुल गर्नुपर्ने ६४ लाख ८९ हजार, प्रमाण कागज पेस गर्नुपर्ने ४ करोड ४ लाख २७ हजार, नियमित गर्नु पर्ने ४ करोड २५ लाख २४ हजार र पेश्की बाकी ३५ लाख ६० हजार देखिएको छ ।
नायव महालेखापरिक्षक विन्दु विष्टले तयारपारेको प्रतिबेदनमा नगरकार्यका रिणी, नगरपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृत नगरपालिको वित्तीय प्रतिवेदन अनुगमनका लागि जिम्मेबार रहेको ठहर गरिएको छ ।