काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । विभिन्न प्रयोगशालामा ८०४१ वटा पीसीआर परीक्षण गर्दा १ हजार २ सय ७२ जना कोरोना पोेजेटिव भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ५ सय ७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।