बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा - Palikanews.com
Connect with us

बागमती

बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

  • 3
    Shares

काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले जानकारी दिनुभयो ।

स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो, प्रमुख उपाध्यायले भन्नुभयो । गत वैशाखदेखि पढाइ शुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ ।

नगरपालिकाले कक्षा १देखि ८सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन शुरु गरेको बताइएको छ । पुस्तकको नाम कक्षा १देखि ३सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४देखि ८सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ ।

एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन् ।

  •  
    3
    Shares
  • 3
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement