सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण - Palikanews.com
Connect with us

प्रदेश २

सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण

  • 45
    Shares

सप्तरी : जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ कटाहा भेडियाका अति विपन्न दलितहरु निःशुल्क आवास(घर) पाए पछि निकै खुशी भएका छन् ।

आफ्नो घर बनाउन सक्ने आर्थिक हैसियत नभएका यस्ता अति विपन्न दलितहरुका लागि निःशुल्क आवासको व्यवस्थापन महुली सामुदायिक बिकास केन्द्र बकधुवा, ह्यबिट्याट फोर ह्युमानिटी नेपाल र गाउँपालिकाको संयुक्त साझेदारीमा गरिएको हो । यी संस्थाहरुले आफुहरु जस्ता गरिब विपन्नको आफ्नै घरको सपना साकार पारि दिएकोमा स्थानिय दलित विपन्नहरु निकै खुशि व्यक्त गरेका छन् ।

‘हामी जस्ता गरिवले यस्तो घरमा बस्नु पाउने कुरा कल्पना समेत गरेको थिएन’, स्थानीय श्रीलाल सदाले भन्नुभयो, ‘गरिवको पनि भगवान भएर कोहि आउँदा धेरै खुशी लागेको छ ।’ बर्खामा हावा पानी र हिउदामा ठण्डीले पिरोलिएको तितो भोगाई सुनाउँदै स्थानीय बिन्दादेवी सदाले भन्नुभयो, ‘आफ्नै सुरक्षित आवस पाएपछी दंग परेकी छु, अब हवा–हुरी, बर्षा–बाढी र शितलहरमा ढुक्क भएर बस्न सक्ने अवस्था छ ।

उहाँले घरपाए पनि बिधालय नहुँदा बालबालिकाहरु शिक्षा लिनबाट बन्चित भएको बताउनुभयो । बस्तिदेखि बिधालय जान टाढा हुने भएकोले गाउँमा बिधालय अति आबश्यक रहेको उहाँले बताउनुभयो । ‘विद्यालय टाढा छ बाटो त्यहाँ सम्म सहजै जान सक्ने बाटोसम्म छैन’, उहाँले भन्नुभयो, ‘बिधालय पुग्नै घण्टौ लाग्छ, हामी गरिबका लागि आवासको व्यवस्था गरेछै हाम्रा बालबालिकालाई विद्यालयसम्म सहज पहुचको प्रबन्ध मिलाई दिए हामी गरिब, विपन्नका लागि ठुलो उपकार हुने थियो ।

यसैबीच सप्तरीको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचर्य नेतृत्वको एकटोलीले शुक्रबार गरिब विपन्नहरुका लागि बनाईएको ‘सुरक्षित आवासको’ अबलोकन गरिएको छ । स्थानीय श्रोत, साधानको उपयोग गरि थोरै लगानीमा दिगो र सुरक्षित घर देख्दा प्रभावकारी काम भएको भन्दै प्रमुख जिल्ला अधिकारी आचर्यले यस्ता कार्यको निरन्तरतामा जोड दिनुभयो ।

साँचै राम्रो काम भएको मैले अनुभव गरे’, प्रजिअ आचार्यले भन्नुभयो, ‘अति बिपन्न आवासबिहिन समुदायले निशुल्क घर पाउनु यो भन्दा राम्रो के हुन्छ र ? हामिले यस कार्यलाई अझै निरन्तरता दिन सकिए थुप्रै गरिब, दलित, विपन्नहरुको आफ्नै घरको सपना साकार पार्न सहज हुनेछ ।

महुली सामुदायिक बिकास केन्द्र बकधुवा, ह्याबिट्याट फोर ह्युमानिटी नेपाल र अग्निसाईर कृष्णासवरन गाउँपालिकाको त्रिपक्षीय सहयोगमा ५० घर निर्माण गरि अतिबिपन्न आवासबिहिन परिवारलाई निशुल्क हस्तान्तरण गरिएको छ ।

पक्की फन्डेसन तथा पिल्लर, टिनको छाना र बाँसको प्रयोग गरि निर्मित एउटा घरमा २ लाख पचास हजार लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिनुभयो । उक्त घरको आयु कम्तीमा ४० बर्ष हुने उहाँको भनाई छ । सस्तोमा आकर्षक घर नमुना बास्ती बनेपछि देश बिदेशबाट अबोलनकर्ता आउने गरेका छन् ।

एकीकृत नमुना बस्ती अबलोकनका लागि प्रमुख जिल्ला अधिकारी आचर्य, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष श्म्भुनन्द चौधरी, अग्निसाईर कृष्णास्वरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, ह्याबिट्याट फोर ह्युमानिटी नेपालका कार्यक्रम प्रबन्धक रामप्रकास सिंह दनुवार, कार्यक्रम संयोजक राजिव बर्मा, ईन्जिनियर रामसुन्दर यादव, शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दुर्गानन्द भगत कटाहा भेडियामा पुगेर बस्ती अबलोकन गरेको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिनुभयो । टोलिले अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ स्थित छ्पकीका बाँस उपचार केन्द्रको समेत अनुगमन गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिले शम्भुनाथ नगरपालिका वडा नम्बर ४ मा निर्माणधिन ५० घर सुरक्षित आवासको समेत निरीक्षण गरिएको छ । थोरै लगानीमा भरपर्दो , सुरक्षित र दिगो घर निर्माण गरि अतिबिपन्न परिवारलाई निशुल्क प्रदान गतेको भन्दै अग्निसाईर कृष्णासवरन गाउँपालिका पुरस्कृत समेत भएका छ्न ।

महुली सामुदायिक बिकास केन्द्रको पहलमा हाल सम्म सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका १ सय ६२ शम्भुनाथ नगरपालिकामा १० गरि १ सय ७२ वटा घरबिहिन दलित तथा अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिसकेका छ्न भने शम्भुनाथ नगरपालिका ४ कनकपट्टीमा ५० घर निर्माणाधिन अबस्थामा छन् ।

  •  
    45
    Shares
  • 45
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement