सल्यान : सल्यानमा बहुविवाहको आरोपमा एकजना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई पक्रउ परेका हुन । वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष कुमाईसहित उहाँकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिुनुभयो ।
घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उहाँविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।
सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य भैरहेको उहाँले बताउनुभयो