पोखरा : सुचनाको हकका लािग राष्ट्रिय सञ्जाल पोखरा महानगरपालिकाले सबै वडाहरुमा सञ्जाल विस्तार गरेको छ । महानगरपालिकाका ३३ वडा मध्य वडा नम्वर ६ र २२ मा वडा भेला मार्फत सञ्जाल बिस्तार गरिएको थियो भने बाँकी वडाहरुमा भर्चुअल बैठकबाट वडा संयोजक चयन गरिएको हो ।
पोखराका वडा नम्वर ६ र २२ मा वडा भेला मार्फत सञ्जाल गठन गरिएको भएता पनि पछिल्लो समयमा कोभिड १९ को महामारीको कारण महानगर सञ्जालको भर्चुअल बैठकबाट बाँकी रहेका सबै ३१ वडाहरुमा संयोजक चयन गरिएको सञ्जालका महानगर संयोजक कृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।
हाल सूचनाको हक के हो ? कसरी सूचना पाउन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहि सञ्जाल विस्तार गरिएको हो । पोखरा महानगर सञ्जालको आयोजनामा हालै वडा संयोजकहरुका विचमा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको सञ्जालका सदस्य एवंकार्यक्रमका संयोजक कृष्ण रानाभाटले बताउनुभयो ।
महानगर सञ्जालको नियमित बैठकले संयोजक कृष्ण क्षेत्रीलाई केन्द्रिय सदस्यमा मनोनित गर्न सिफारिस गर्ने तथा सक्रिय सदस्य जिवन आचार्यलाई सूचना अधिकारीको जिम्मेवारी दिने निर्णय भएको सञ्जालले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश संयोजक दिपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ वञ्जरा, सह–संयोजक शिवराज वस्ताकोटी लगाएतले सुचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीहरुका वारेमा आफना अनुभव शेयर गर्नुभएको थियो ।