जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला - Palikanews.com
Connect with us

प्रदेश १

जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला

  • 68
    Shares

ताप्लेजुङ : सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित गाउँघरमै आइपुगेका हुन् । याम्फुदिन, सुरुम्खिम, कालीखोलाका विभिन्न खर्क हुँदै गाउँमै आइपुगियो, फागुनसम्म औलमै गोठ राख्नुपर्छ”, भक्तबहादुरले भन्नुभयो ।

चिसो बढेसँगै भेडाले औलतर्फ झर्ने सङ्केत गर्ने उहाँको भनाइ छ । गर्मी बढेपछि औलबाट क्रमशः उकालो चढ्छन्, तल झर्न मान्दैनन्, फेरि लेकमा जाडो बढेपछि ओरालोतर्फ झर्छन्, सोहीअनुसार गोठ सार्ने गर्नुपर्छ, उहाँले भन्नुभयो । यता फुङलिङ नगरपालिकामा पर्ने फावाखोलाका गोपाल विष्ट पनि ३०० भेडाको बथानसहित फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेपमा झर्नुभएको छ ।

करिब चार हजार मिटरमाथिको उचाइमा पर्ने चेइराम, सेलेलेलगायतका क्षेत्रमा महिनौँ दिन बिताउनुभएका विष्ट जाडो बढेसँगै भेडी गोठ लिएर औल झर्नुभएको हो । केही दिन सोही क्षेत्रमा नै गोठ रहने र मङ्सिर अन्तिमतिर फावाखोला क्षेत्रमा आइपुग्ने उहाँको योजना छ ।

प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिमाली क्षेत्रका विभिन्न खर्क हुँदै यतिबेला भेडाका बथान बेँसीसम्म आइपुगेका हुन् । फागुनदेखि भने भेडाको बथान उकालोतर्फ नै लाग्छन् ।

ताप्लेजुङको फावाखोला, याम्फुदिन, खेवाङ, सुरुम्खिम, आङ्खोप, लिंखिमलगायतका करिब एक दर्जन किसानले भेडापालन गरेका छन् । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरुपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।

उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरु मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ, गोपाल विष्टले भन्नुभयो । गएको भदौमा मात्रै ३२ वटा भेडा वन्यजन्तुको शिकार बनेको विष्टको भनाइ छ । यस्तै दर्जनौँ भेडा जङ्गलमै हराएको समेत विष्टले बताउनुभयो ।

भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेशा व्यवसायतर्फ लागेका छन् । वर्षौंदेखि भेडापालन गर्दै आएका फावाखोलाका चतुरमान इजम, भीमबहादुर कार्की, भीमबहादुर विष्ट, बलराम विष्ट र धनबहादुर विष्टलगायतले भेडीगोठ छाडेर अन्य पेशा व्यवसायमा लागेको स्थानीय कमल विष्टले बताउनुभयो । भेडा बहुउपयोगी जनावरको रुपमा लिने गरिन्छ । भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

यस्तै यसको मासुसमेत प्रायले रुचाउँछन् । ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् भने यसको घ्यू विभिन्न घाउखटिरा आउँदा, आगोले पोल्दा औषधिको रुपमा प्रयोग हुने गरेको बताइन्छ । पाल्न सक्दा राम्रो आम्दानीको स्रोत मानिने भेडीगोठको संरक्षण र वृद्धि विकासका लागि सरकारले थप अनुदानलगायतका सहुलियत प्रदान गर्न आवश्यक रहेको स्थानीय किसानको भनाइ छ ।

  •  
    68
    Shares
  • 68
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

बागमती51 years ago

प्रयोगशाला स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement