काठमाडौं । गता सालको चैत महिना देखि बन्ध गरिएको पशुपतिनाथ मन्दिर नौ महिनापछि आज बुधबारबाट पुनः भक्तजनका लागि खुल्ला गरिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नेपालमा गत सालको चैत ११ गतेदखि सरकारले गरेको लकडाउनका कारण बन्ध रहेको पशुपतिनाथ मन्दिर सरकारले तोकोको मापडण्ड सबै पुरा गरि भक्तजनका लागि खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।
पशुपतिनाथको दर्शन गर्न श्रद्धालु भक्तजनकाहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् ।