समय फेरियो : फेरिएन भरियाको जीवन - Palikanews.com
Connect with us

प्रदेश १

समय फेरियो : फेरिएन भरियाको जीवन

  • 28
    Shares

कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर । उहाँलाई कसैले भक्तबहादुर नाम लिएर बोलाउँदैनन् भने उहाँको नामले प्राय कसैले चिन्दैनन् पनि । बाटोमा भेट्ने कतिपयले ट्रक भनेर बोलाउँदा हाँस्दै बोल्ने भक्तबहादुरलाई नजिकै गएर तपाईको खास नाम के हो ? भनेर हामीले सोध्यौँ । उहाँले हाँस्दै जवाफ दिनुभयो–ट्रक ।

सानैदेखि भारी बोक्ने काम गरियो, आफ्नै गाउँघरदेखि भारी बोकेर हिँड्ने बाटो आसपासका मानिसले पनि यतिकैमा ट्रक भनेर बोलाउन थाले, अहिले ट्रकभन्दा सबैले चिन्छन्, उहाँले भन्नुभयो । निम्न आयस्तर भएका परिवारमा जन्मिनुभएका भक्तबहादुरले नौ वर्षको उमेरदेखि भारी बोक्न शुरु गर्नुभयो । बाबुबाजेले खेती किसान गर्ने, भारी बोक्ने काम गर्थे, पढ्न लेख्न पाइँदैनथ्यो, नौ वर्षको हुँदादेखि भारी बोकेको हुँ, उहाँले भन्नुभयो । उमेरले अहिले ६३ वर्ष पार गर्न लाग्नुभएका भक्तबहादुरले भारी बोकेर लामो बाटो हिँड्दाका दुःखकष्टदेखि पारिश्रमिक नपाएका गुनासा एकाएक गर्दै सुनाउनुभयो ।

कुनै समयमा दिनको एक पाथी अन्न लिएर भारी बोकेको स्मरण गर्दै उहाँले भन्नुभयो, दिनको एक पाथी अन्न लिनेदिने सर्तमा १४ दिनसम्म लगातार भारी बोक्नुपथ्र्यो, पछिपछि पैसा लिएर बोक्न थालियो, तर कतिले ठगे ठगे हिसाब छैन ।

उहाँका अनुसार यातायातको पहुँच नहुँदा विराटनगरको जोगवनीदेखि ताप्लेजुङसम्म नून, तेललगायत सामान ढाकरमा नाम्लो लाएर बोक्नुपथ्र्यो । जोगवनीदेखि भारी बोकेर ताप्लेजुङ आइपुग्न १४ दिनसम्म लाग्थ्यो । जोगवनीदेखि धरान, वसन्तपुर, गुफा हुँदै ताप्लेजुङसम्म हिँडेर आइपुग्नुपथ्र्यो । बाक्लो बस्ती नहुँदाको समयमा पाटी पौवा र ओढारमा बास हुन्थ्यो । दिनमा तोक्मा र रातमा मट्टितेलबाट बालिने टुकी (बत्ती) को साथ हुन्थ्यो ।

सानो छँदा अरुको साथमा हिँड्ने भक्तबहादुर अलि ठूलो हुँदै गएपछि एक्लैएक्लै पनि हिँड्न थाल्नुभयो । “सानो छँदा १० किलो बोकेर हिँडेको याद छ, अरु पनि साथी हुन्थे, अलि पछि एक्लैएक्लै हुन थालियो, धेरैले त त्यसबेलादेखि नै भारी बोक्न छाडेछन्, अरु काममा लागे, मेरो चाहिँ भारी बोक्ने काम लगातार भयो, उहाँले भन्नुभयो । एक दिन एक्लै हिँड्दा खैरेनीस्थित तमोरको किनारमा बाढीले बगाएर ल्याएको काठको मुढा माथी भारी अड्याउन खोज्दा अचानक खसेर तमोरमा डुबेको दुःखदायी क्षण घरीघरी सम्झनामा आउने गरेको पनि उहाँले सुनाउनुभयो ।

धेरै अघिको कुरा हो, ढाकरसँगै तमोर नदीमा डुबेको थिए, कसोकसो गरेर निस्किएँ, त्यसबेला पनि दुःख धेरै थिए, भारी बोक्दा अझै पनि दुःख छ, तर पनि ढाकर र तोक्मा छाड्ने दिन कहिल्यै आएनन्, अहिले पनि भारी नै बोकेर गुजारा चलाउँछु, उहाँले भन्नुभयो । उमेर छँदा ९६ किलोसम्मको भारी बोक्ने भक्तबहादुर अहिले पनि ५० किलोसम्मका भारी बोक्नुहुन्छ ।

समयसँगै पहाडी क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा भारी बोकेर हिँड्ने दूरी साँघुरिँदै गयो । उमेरमा धरानदेखि ताप्लेजुङसम्म ९६ किलोसम्म बोकेको उहाँले बताउनुभयो । अहिले भक्तबहादुरको ढाकरसँग हिँड्ने दूरी साँघुरियो, भारी बोकेको अवधि फराकिलो हुँदै गयो । तर भारी बोकेर उहाँको जीवनमा कुनै ठूलो परिवर्तन आएन । सामान्य घर खर्च र परिवार पाल्नेबाहेक कुनै उपलब्धि नभएको उहाँको भनाइ छ ।

खासै केहि गरिएन, दुई जना छोरा र चार बहिनी छोरी छन्, माइली अहिले कक्षा ११ मा पढ्दै छ, उसैलाई पढ्ने खर्च चाहिन्छ, घरमा खान लाउन चाहिन्छ, कमाएको पैसा त्यतिकैमा सकिन्छ, उहाँले भन्नुभयो । करिब ५० वर्ष बढी भारी बोकेर धेरै सम्पत्ति नजोडे पनि घरपरिवार पाल्न सकेकामा भने आफूलाई सफल ठान्नुहुन्छ, भक्तबहादुर । गाउँगाउँमा यातायात पुगेसँगै पहिले जस्तो नियमित भारी बोक्ने काम कमै पाइन्छ ।

करिब सात÷आठ वर्षअघिसम्म पाँचथरको थर्पुदेखि ताप्लेजुङको गाउँगाउँसम्म भरियाको लाइन देखिन्थ्यो । अहिले गाउँमै सवारी साधन पुग्ने र कतै खच्चडले भारी बोक्न थालेपछि भरिया विस्थापित जस्तै बनेका छन् । कहिलेकाहीँ अलँैची ओसार्ने, साहुकोबाट कुनै घरसम्म चामललगायत सामान ओसार्ने जस्ता काम पाउने गरेको भक्तबहादुरले बताउनुभयो ।

उहाँजस्तै अरु थुप्रै भरियाले आजकल काम पाउन छाडेका छन् । सामान्य काम पाउने गरे पनि पछिल्लो समयमा सङ्क्रमणका कारण लामो समयसम्म भएको बन्दाबन्दीले पनि भरियालाई समस्या छ ।

  •  
    28
    Shares
  • 28
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement