संसदीय व्यवस्थाको साटो रामराज्य व्यवस्था नेपालमा लागु हुनुपर्छ : जगतबहादुर थापा - Palikanews.com
Connect with us

अन्तर्वार्ता

संसदीय व्यवस्थाको साटो रामराज्य व्यवस्था नेपालमा लागु हुनुपर्छ : जगतबहादुर थापा

  • 32
    Shares

रामराज्य परिषद धार्मिक महागठबन्धनका अध्यक्ष जगतबहादुर थापा सँगको पालिका न्युजले लिएको अन्तर्वार्ताको अंक :

खासमा यो रामराज्य परिषद् भनेको के हो ?
नेपालमा बहुदलीय संसदीय व्यवस्था छ । यो ब्यवस्थामा धेरै विकृतिहरु आए । यो व्यवस्था जनताको हितमा छैन । यो ब्यवस्थाको ठाउँमा निर्दलीय पञ्चायती व्यवस्था ठिक छ भनेर २०१७ सालमा राजा मेहन्द्रले पञ्चायती व्यवस्था लागु गर्नु भएको थियो । ३५ वर्षपछि २०५२ साल फागुन १ गते माओवादीहरुले यो संसदीय व्यवस्था भनेको खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो । यो नक्कली व्यवस्था हो यसले मुलुको कल्याण गदैन भनेर हिसांत्मक द्धन्द्ध मच्चाए । त्यसपछि १७ हजार मान्छेहरु पनि मरे । अर्बौको राष्ट्रिय सम्पतिको स्वाहा भयो । फेरी आएर यहि बहुदलीय संसदीय व्यवस्थामा घुसेर अनि फेरी जनताको शोषण गर्ने । अन्याय अत्याचार गर्ने । दमन गर्ने काम भइरहेको छ । त्यसकारण जनताप्रति विश्वासघात भएको छ । त्यसकारण हामीले यो वहुदलीय संसदीय व्यवस्थाको साटो रामराज्य व्यवस्था नेपालमा लागु हुनुपर्छ भन्दै आएका छौं । हामी यसको अभ्यास पनि गरिरहेका छौं । रामराज्य व्यवस्था कहाँ छ भन्नुहोला ? यो नेपालमा नै छ । राष्ट्रपति प्रणालीमा अमेरीका अहिले एक नम्वरमा छ । संसदीय व्यवस्थामा वेलायत, भारत र नेपाल छ । यो संसदीय व्यवस्था भागवन्डामा आधारित छ । यो व्यवस्था जनतामा आधारित छैन भनिएको छ । त्यसपछि एकदलीय व्यवस्था चिनमा छ । अनि तानासाह व्यवस्था साउदी अरबमा छ । मिश्रित व्यवस्था चाहि फ्रान्समा छ । फ्रान्समा यो व्यवस्था लागु गर्ने नगर्ने भनेर तीन पटक जनमत संगह भएको थियो । त्यहाँ पाँचवटा संविधान जारी भएको छ । नेपालमा सातवटा संविधान जारी भएको छ । हाम्रो कुरा केछ भने यो व्यवस्था नै खराव छ । त्यसैले अवस्था पनि खराव हुन्छ । २०४६ पछि बहुदलीय संसदीय व्यवस्था शुरु भयो । विभिन्न किसिमका व्यवस्थाहरु त परिवर्तन भए । तर हामी आम नेपालीहरुको व्यवस्था परिवर्तन भएन ।

तपाईले भन्नु खोज्नु भएको अहिलेको संविधान बेठीक छ, रामराज्य व्यवस्था हुनुप¥यो नेपालमा भन्ने हो ?
एकदमै हो । अहिलेको सातौँ संविधान जातभातमा आधारित छ । भेदभाव, भष्ट्राचार, धर्म निरपेक्षतामा आधारित छ । संघियतामा आधारित छ । गणतन्त्रमा आधारित छ । विभिन्न वाईघाट कुराहरुमा आधारित त । यसलाई सर्बमान्य संविधान छ भन्ने ठाउँ नै छैन । यो जसले भनिरहेको छ । त्यसले भ्रम श्रृजना गरिरहेको छ । अपव्याख्या गरिरहेको छ । जनतालाई भ्रम सृजना गर्नलाई मात्र गरिहेको छ ।

तपाईले भन्नु भएको रामराज्य व्यवस्थामा कस्तो हुन्छ नेपाल ?
रामराज्य व्यवस्था भनेको सत्यमा आधारित व्यवस्था हो । रामराज्य व्यवस्था भनेको जनतालाई निर्णायक मान्ने । जनतालाई जर्नादन मान्ने हो । जनतालाई इश्वर मान्ने र सबैलाई समदृष्टी राख्ने र कोही पनि भोको नाङ्गो आदि समस्याग्रस्त नहोस । कोही घरवार विहिन नहोस । रोजगार विहिन नहोस । विदेशमा गएर स्वाभिमान र राष्ट्रियता बेच्न नपरोस् । सबैले मुलुकभित्र काम पाउन अनि यो मुलुक गरिवी राष्ट्रबाट विकशित मुलुक होस । भेदभाव मुतmराष्ट्र होस । भष्ट्राचार मुक्तराष्ट्र होस । प्रतिव्यक्ति आय कम्तिमा मासिक एकलाख होस । सतप्रतिशत रोजगार होस । यो नेपालमा खुल्ला सिमाना छ । प्रत्येक दिन हाम्रो सिमाना मिचि राखेको छ । सिमाना बन्द होस । भारतमा भिषा सिस्टम प्रवेसमा लागु होस । पहिला राणा शासनमा उनीहरु नेपालको पशुपति दर्शन गर्नको लागि उनीहरुले ३ दिनको भिषा लगाएर आउनुपथ्र्याे । यो २००७ सालको सम्झौता पछि त्यो व्यवस्था हटेको कारणले समस्या भएको छ । नागरिकताको समस्या छ । नेपालमा जुन क्षेत्रमा गयो त्यहि समस्या छ । राजनीति क्षेत्रमा गयो समस्या छ । आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा सामस्या छ । धार्मिकमा गर्वाद्धका मठादिश शंखर आचार्यको क्षेत्र हो । यो मेरो अधिनमा मान सरोवरसम्म चल्छ भन्नुहुन्छ उहाँ । तर हामी धार्मिक रुपमा पनि भारतकै पछि छौ । हामी परनिर्भर छौँ । स्वाधिन छैनौ । त्यसैले हामीले प्रत्येका क्षेत्रमा हाम्रो मुक्तिको आन्दोलन आवश्यक छ ।

तपाईहरुले भन्दै आएको रामराज्य व्यवस्थामा नेपालको शासन प्रणाली कस्तो हुन्छ ?
मन्त्री र मन्त्रालयहरु रामराज्य व्यवस्थामा हुदैनन् । रामराज्य व्यवस्थामा मन्त्री र मन्त्रालय बन्ने भनेको भष्ट्राचारको मुहान हो । त्यसमा मन्त्रीले भष्ट्राचार गर्न सचिवहरुलाई लगाउछ र हुदाँहुदाँ पिउनसम्म आउछ । अहिले जति घुसतन्त्र चलेको छ त्यो मन्त्री र मन्त्रालयको कारणले हो । यो मन्त्री र मन्त्रालय नभएपछि यो शुसासन र शासन कसरी चल्छ त भन्ने कुरा आउछ । रामराज्यमा नौ वटा सचिवालय हुन्छन । नौ वटा सचिवहरु हुन्छन । राज्य प्रमुख र उपप्रमुख जनताबाट प्रत्यक्ष चुनिन्छन । निर्वाचनबाट नै आउछन । हामीसँग ३२ वटा आयोगहरु छन । जस्तो शिक्षा सेवा आयोग । स्वास्थ्य सेवा आयोग । त्यसमा आयुक्त हुन्छ । शिक्षा आयोगमा शिक्षा क्षेत्र भित्रबाट नै विज्ञहरुले वा सदस्यहरुले नै चुन्नु हुन्छ । त्यसरी त्यहाँ आयोग बन्छ । त्यहाँ आयुक्त उपप्रमुख हुनुहुन्छ । शिक्षा क्षेत्रको प्रमुखले मन्त्रीको काम गर्छ । यो व्यवस्थामा ३२ जना आयुक्तले नै गर्छ । अनि एक जना पाल । त्यो भष्ट्राचार मुक्त गर्न । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य कर्मचारीलाई मुद्दा लगाउने काम गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायधिशलाई त त्यसले कार्वाही त गरेको छैन । गर्न सक्ने हैसियत पनि राख्दैन । आफ्नो मान्छे भर्ती गरेको हुन्छ । आफ्नो सम्पर्कमा नभएका व्यक्तिलाई कार्वाही गर्ने र सम्वन्ध भएकालाई तामेलिमा राखेर कार्वाही नगर्ने परम्परा छ । जस्तो लडाकुहरु थिए नक्कली लडाकुहरु बनाएर अर्बौ खाइयो । त्यो फाईल त्यहाँ छ खै त कार्वाही गरेको ?यस्ता यस्ता धेरै उदाहरणहरु छन ।

रामराज्य व्यवस्थामा राष्ट्र प्रमुख को हुन्छ त ?
रामराज्य व्यवस्थामा हामी राजावादी होइनौ । राजा आउ, देश बचाउ हामी भन्दैनौँ । अव राष्ट्र प्रमुखमा राष्ट्रपाल हुन्छ । राष्ट्र प्रमुखको पालना गर्ने । राष्ट्रपति भनेको राष्ट्रको मालिक हुदैन । पति भनेको मालिक हो । स्वामी हो । हामीमा चाहि राष्ट्रपाल हुन्छ । धर्मपाल भने जस्तै धर्मको रक्षा गर्ने । रामराज्य व्यवस्थामा राजा आवश्यक छ । राजा राष्ट्र एकताको प्रतिक पनि हो । तर त्यस्तो खालको राजालाई महत्व दिने शासन गर्ने राजा होइन । रामराज्यमा नाम मात्रको राजा हुन्छ ।
नेपालमा धर्म निरपेक्षताको नाममा क्रिश्चियनको सरकार छ । पुष्पकमल दाहालले कम्युनिष्टहरु सबै क्रिश्चियन हुन । हिन्दुवादीहरु सबै सामन्तवादीहरु हुन भन्न भ्याइसके त । त्यसो भएको हुनाले अहिले क्रिश्चियनहरुको सरकार छ । हामी बहुसख्यकहरु हिन्दु छौ । रामराज्य व्यवस्था भनेको यो सत्यमा आधारित व्यवस्था हो । धर्ममा आधारित व्यवस्था हो । यसले धर्म र राजनीतिलाई सँगसँगै हेर्ने गर्छ ।

रामराज्य व्यवस्थामा धर्म निरपेक्षताको व्यवस्था के हुन्छ ?
यसमा धर्म निरपेक्ष हुदैन । धर्म सापेक्ष हुन्छ । धर्म निरपेक्ष संसारमा कतै पनि हुदैनन । म एउटा उदाहरण दिन चाहान्छु । सूर्य निरपेक्ष भएको भए ? सूर्य निरपेक्ष हुनै सक्दैनन । सूर्य सापेक्ष हो । सूर्यबाट ताप, शक्ति प्राप्त गरेका छौँ । त्यस्तै हावाबाट पनि । आकाशबाट पनि । कही पनि निरपेक्ष हुन सक्दैनन । निरपेक्ष कृतिम रुपमा बनेको छ । निरपेक्ष भनेको अर्थ धर्म भव साम भव भन्नुको अर्थ एउटै हो । त्यसैले धर्म निरपेक्ष भनेको वाईघात चिज हो । नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर पहिले थियो । त्यो हाम्रो पहिचान थियो । त्यो अन्तर्राष्ट्रिय रुपमा पहिचान थियो । त्यो यथावत रुपमा कायम हुनुपर्दछ ।

संविधानसभाबाट निर्माण भएको संविधान किन खारेज हुनुपर्छ भन्दै हुनुहुन्छ ?
इो संविधानमा धेरै वाईघात कुराहरु छ । यसमा जातजातिमा १४ वटा राज्य बनाउने कुरा पनि आयो । शक्ति पृथकीकरण र विकेन्द्रीकरण हुनुपथ्र्यो । नेपालको भूभागलाई विकेन्द्रीकरण गरियो । नेपाललाई सात वटा राज्यमा बाडियो । हुनुपर्ने शक्ति विकेन्द्रीकरण हो । शक्ति पृथकीकरण हुनुपथ्र्यो । त्यो नभएर विखण्डन गरिएको छ । यो वाईघात कुरा हो । त्यसैले यो जनताको पक्षमा छैन ।

रामराज्य व्यवस्थामा हाम्रो समाजमा जुन विविधता छ, विभिन्न जातजाति छौ । उनीहरुको समावेशीकारणको सवालमा तपाईहरुको बुझाई के हो ?
हाम्रो पहिचान भनेको हामी नेपाली हौ । नेपाली हो भन्दा कति अपनत्वपन हुन्छ हामीलाई । एक अर्कोलाई माया गर्छौ । कति हामी भावुक हुन्छौँ । समग्रमा क्षेत्री, मगर, थारु ब्राह्माण, नेवार तामाङ त्यो जातजाति वा कुल पुजाको लागि हो । आ—आफनो हिसावले गरेको छ । ती संस्कृतिका कुराहरु हुन । हाम्रो मूल जात भनेको नेपाली हो । अहिले जुन खालको जातजातिको कुराहरु ल्याइएको छ । हामीलाई कमजोर बनाउने काम चलिरहेको छ । यी सबै कुराहरु हटाउनु पर्छ । दलित जातिको कुरामा छ । दलित जातिले २०१९ सालमा राजा महेन्द्रबाट दलित जात नै खारेज गरिएको थियो । मुलुकी ऐनमा खारेज गरिएको थियो तर त्यो व्यवहारमा त हटेन । किनभन्दा दलित भित्र पनि छुवाछूत छ । त्यहाँ दमाईले छोएको पानी कामीले खादैनन । दलित जातै खारेज गरिएपछि समान जात बनाइ पछि त कहाँ जातजातको कुरा रहन्छ त ?

पछिल्लो समय रामराज्य व्यवस्थाले विभिन्न खालका गतिविधि र कार्यक्रम गर्दै आएको छ । संविधान घोषणा गर्नेदेखि प्रतिकात्मक नेपाल सरकार गठनसम्मका कामहरु गरिरहनु भएको छ । अन्य अभियानहरु के—के गरिरहनु भएको छ ?
बहुदलीय व्यवस्था स्थगित गर्नुपयो । अहिले यो बहुदलीय संसदीय व्यवस्थाले के गरेको छ भने विकृति विसङ्गती गरेको हुनाले हामी नेपालीले ठाउँठाउँमा जातीय, धर्मनिरपेक्ष, गणतन्त्र विभिन्न क्षेत्रमा बाढेको हुनाले यो सातौँ संविधान नै आफैमा गलत छ । यो संविधानको ठाउँमा आठाँै संविधान जेठ २७ गते पृथ्वी जयन्ती छ । त्यसको सेरोफेरोमा हामीले संविधान जारी गर्छौ । हामीले प्रतिकात्मक नेपाल सरकार गठन गरेका छौँ । यसलाई अभ्यास गदै छौ । यसमा दिगो र दरिलो व्यवस्था आउछ । यसमा समग्र नेपालीहरु रहन्छन । हामीमा कुनै भेदभाव हुदैन । भष्ट्राचार शून्य हुन्छ । किनभने कार्यपालिकाले अहिले विकास निर्माणको सारा कुरा कार्यपालिकाको हातमा छ । सानो राजदुत नियुक्त गर्नु पयो भने कुलपति नियुक्त गर्नु प¥यो भने र कुनै पनि संस्थानको हाकिम नियुक्त गर्नुपर्यो भने मन्त्रीमण्डलले नियुक्त नगरिञ्जेलसम्म ती नियुक्ती हुदैनन् । तर हाम्रोमा पहिले नै विधि विधानहरु छन । मार्गदर्शन हजुरहरुको अगाडी नै छ । कार्यपालिकाको सहजकर्ताको मात्रै भूमिका हुन्छ । उसले शासन गर्दैन । विकास निर्माण पनि गर्दैनन । विकास निर्माण कसले गर्छ भने व्यवस्थापिकाले गर्छ । अहिलेका सासंदहरु भोट माग्न घरघरमा जाने जनतामा जाने मैले पुल बनाउछु । यो गर्छु त्यो गर्छु बाटो बनाउछु भनेर दुनियाँ भरको बाचा गर्ने । तर जितेर आएपछि बजेट हुदैन केही पनि नगर्ने । आफ्नो क्षेत्र पनि नजाने । त्यस्तो खालको छ । हाम्रोमा के छ भने कार्यपालिकाले विकाश निर्माण गर्दैन । विकास निर्माण र नीति निर्माण गर्ने काम स्वयं व्यवस्थापिकाले गर्छ । अनि त्यसपछि उनीहरु आफैँ जिम्मेवार हुन्छन । जसरी जनतामा गयो त्यसरी नै मैले नै विकास निर्माण गर्ने भनेपछि त बजेट बनाउनु प¥यो । जे गर्न सकिन्छ त्यो जनतालाई भन्नु प¥यो । गर्न सकिदैन त्यो गर्न सकिदैन भन्नु प¥यो । इमान्दार र जनताप्रति उत्तरदायी हुनुप¥यो । त्यसैले हामीले पद्धति नै परिवर्तन गरेका छौ । न्यायपालिका हाम्रो कस्तो हुन्छ भने निशुल्क न्याय सम्पादन हुन्छ । न्याय भनेको जनताले निशुल्क पाउनु पर्छ । अहिले चाहि के छ भने म अन्यायमा परे भने अदालतमा जानुप¥यो भने २० हजार नदिने हो भने निवेदन लेखिदैन । त्यति महगंो छ न्याय । तारिक धाउदाधाउदै उसको जिन्दगी वित्छ । नातीको पालामा ६० वर्षपछि मुद्धा फैसाला हुन्छ । न्याय भन्ने कुरा राज्यले निशुल्क दिनुपर्छ ।

अहिले सरकारले चुनाव घोषणा गरको छ । त्यसमा तपाईको सहभागीता हुन्छ कि हुदैनन ?
हामी लोकतन्त्रमा विश्वास गर्छौ । हामी जनतन्त्रमा विश्वास गर्छौँ । हामी प्रजातन्त्रमा विश्वास गर्ने भएका कारण यो संविधान हाम्रो पक्षमा छैन । बहुदलीय संसदिय व्यवस्था हाम्रो पक्षमा छैन । यसलाई आन्दोलन गरेर हटाउनु पर्छ भनेता पनि चुनाव हाम्रो पर्व हो । पाँच वर्षमा जनतामा जाने, घरघरमा जाने, आप्mनो कुरा राख्ने र जनताको कुरा सुन्ने यस्तो सुअवसर चुनावले प्रदान गर्दछ । त्यसैले हामीले निर्वाचन र आन्दोलन सँगसँगै हुन्छ । यो निर्वाचनलाई आन्दोलनको रुपमा हामीहरु घरघरमा जान्छौँ । हामीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउछौँ । जव उनीहरुले जनताको कुरा सुनेनन भने असहयोग आन्दोलन हुन्छ । उनीहरु बाध्य भएर सत्ता परिवर्तन गर्नुपर्छ ।

रामराज्य परिषद् कहिले गठन भएको हो ?
यो २०७२ भदौ २४ गते तीनकुनेमा गठन गरेका हौँ । त्यसपछि २०७३ मा देवघाट हरिहर आश्रममा सम्मेलन ग¥यौ । सम्मेलबाट यसलाई एक रुपतामा लैजानुपर्छ । एउटा राजनीतिक आहात वोकेर जानुपर्छ भन्ने खालको निणर्य भयो । अहिले चाहि यसको भर्खरै व्यवस्थापिका र धार्मिक संसदको अधिवेशन ग¥यौ । पहिलो अधिवेशन गोठाटारमा ग¥यौ । दोश्रो भाहि गणेश्वर आश्रममा देवघाट धाममा ग¥यौ ।

यसमा कति आवद्ध संख्या हुनुहुन्छ ?
हाम्रो ७७ वटै जिल्लामा संगठन छ । १६५ निर्वाचन क्षेत्रमा दुई तीन वटा मात्रै खालि छन । यसमा उपयुक्त व्यक्तिहरु छान्दै छौ । निर्वाचनबाटै जितेर त्यहाँ आउन सक्ने संक्षम मान्छेहरुको खोजि पनि छ हाम्रो । हामीसँग मान्छेको कमी छैन । किन छैन भने धर्म सापेक्षवादीहरु सबै रामराज्यमा आउने हो । धर्म सापेक्षवादीहरु धार्मीक महागठवन्धन छ हामीसँग । हाम्रो रामराज्यमा परिषद राजनीतिक संगठन हो । अर्ध धार्मीक र अर्ध राजनीतिक संगठन हो ।

अन्तिममा नेपाली जनतालाई गर्नुपर्ने अपिल केही छ ?
हामी अब जागरुक बनौँ । अब अन्याय अत्याचार र भष्ट्राचार सहेर नवसौँ । हामीमा धेरै विवेक आएको छ । हामीले खुल्ला सिमानाको नियन्त्रण गरौँ । संसारभर नेपालीहरु खान नपाएर संसारमा भौतारि राखेका छौ बैदेशिक रोजगार बन्द गरौ । हामीले स्वदेशमा नै काम पाउनुपर्छ । हामी सबै यसमा लाग्नु पर्छ । जाग्नु पर्छ । नयाँ अवसर आएको छ । अहिले सबै मिलेर रामराज्य व्यवस्था यो वैकल्पीक व्यवस्था हो । यो बैद्धिक साम्यवादी व्यवस्था हो । दुई दलीय व्यवस्था हो । यसलाई बलियो बनाउन सबै लागौँ । सम्पूर्ण नेपाली एक हौँ । नयाँ परिवर्तन ल्याउ र यो भष्ट्राचार अन्त्य गर्न र गरिवी अन्त्य गर्नको लागि र भेदभाव अन्त्य गर्नको लागि सबै एक जुट हुनुपर्छ भन्दै मैले सबैलाई यही अनुरोध र अपिल गर्दछु ।

  •  
    32
    Shares
  • 32
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

६१ स्थानीय तहको केन्द्रसम्म अझै छैन सडक

मुख्य समाचार51 years ago

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

प्रदेश २51 years ago

तराई क्षेत्रमा चिसोले जनजीवन कष्टकर हुँदै

बागमती51 years ago

भरतपुर अस्पतालमा आकस्मिक कक्ष बन्दै

गण्डकी51 years ago

मनकामना मन्दिरमा दर्शन गर्न बढ्दै

गण्डकी51 years ago

पोखरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

कर्णाली51 years ago

हुम्लाको पहिलो जनगागृति पुस्तकालय ओझेलमा

प्रदेश २51 years ago

राजमार्गको निर्माण द्रुत गतिमा

प्रदेश १51 years ago

झापा प्रशासनमा नागरिकता लिनेको भीड

मुख्य समाचार51 years ago

न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

प्रदेश १51 years ago

हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

फोटो फिचर51 years ago

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको दृष्य

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement