प्रदेश संरचना संघियताको मुटु : मुख्यमन्त्री राई - Palikanews.com
Connect with us

प्रदेश १

प्रदेश संरचना संघियताको मुटु : मुख्यमन्त्री राई

  • 13
    Shares

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताउनुभएको छ । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो ।

आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका मुख्यमन्त्री राईले प्रदेश नं १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि सङ्घीयताको मुटु प्रदेश भएकाले यसलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको तर्क गर्नुभयो ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो । समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकाबारे विभागीय मन्त्रीलाई पटकपटक सचेत गराएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिनुभएको छ ।

प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उहाँले बताउनुभयो । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने उहाँले बताउनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।

आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

  •  
    13
    Shares
  • 13
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement