कार्यकर्ता आकर्षित गर्न प्रधानमन्त्री आज धनगढी प्रस्थान गर्ने - Palikanews.com
Connect with us

समाचार

कार्यकर्ता आकर्षित गर्न प्रधानमन्त्री आज धनगढी प्रस्थान गर्ने

फाइल तस्विर
  • 6
    Shares

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाँदै छन् । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन् । धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ । जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन् । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन् । तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाएका छन् ।

धनगढीको जनसभामार्फत प्रधानमन्त्री ओली देश दौडाहामा निस्कन लागेका छन्। प्रधानमन्त्री ओलीले देशव्यापी अभियानको सुरुवात सुदूरपश्चिम प्रदेशबाट गरेका हुन् ।

ओली आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

  •  
    6
    Shares
  • 6
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

सवारी दुर्घटना न्यूनीकरण गर्न टल्कने ट्राफिक कोन

कर्णाली51 years ago

हुम्लामा पनि फल्न थाले बोदीचित्तका बिरुवा, बन्न सक्छ नौलो आम्दानीको स्रोत

लुम्बिनी51 years ago

‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने तयारी

बागमती51 years ago

निर्माणाधीन गौतमबुद्ध रङ्गशालाका लागि ४ करोड सहयोग

कर्णाली51 years ago

रुकुम पश्चिममा पनि सुरुभयो कोरोना विरुद्धको खोप अभियान

बागमती51 years ago

कोरोनाविरुद्धको खोप अभियान भक्तपुर अस्पतालबाट शुरु

बागमती51 years ago

पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमनविरुद्ध राष्ट्रिय एकता अभियानको काठमाडौंमा प्रदर्शन

प्रदेश १51 years ago

मापदण्डको नियम उल्लघंन गर्दै मन्त्रीले लगाए कोरोना खोप

गण्डकी51 years ago

अझै सहारा पाएनन् ढोरपाटनका बाढीपीडितले

अर्थ51 years ago

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु

कर्णाली51 years ago

आगलागीबाट करीब तीन करोड भन्दा बढीको क्षति

प्रदेश २51 years ago

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement