दार्चुलाको लेकम गाउँपलिका वडा नम्बर ३ मा लगाइएको ताला खोलिएको छ । भर्तोला–उकु–लाली–सेरा सडक खण्डको डिपिआर तयार भएको बाटो भन्दा फरक ठाउँबाट सडक निर्माण गर्न लागीएको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए ।
बिहीबार वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशी र लालीका स्थानीयहरु विचको सहमती पछि वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलेको स्थानीय जगत सिंह एैरीले जनाकारी दिनुभयो ।
भर्तोला ,उकु, सेरा सडक खण्डलाई पुर्व डिपिआर अनुसार नै महाकाली नदि किनारमा सडक निर्माण गरिने सहमती पछि ताला खोलिएको उहाँले बताउनुभयो । सडक निर्माणमा कुनै पक्षले अबरोध गरेमा फेरि आन्दोलन गर्ने पनि स्थानीयहरुले बताएका छन ।
प्राविधिकहरुले डिपिआर तयार पारेको ठाउँबाट अन्य ठाउँमा सडक निर्माण गर्नु अन्यायपुर्ण भएको भन्दै डिपिआर अनुसार नै सडक निर्माण गरिनुपर्ने स्थानीयहरुको माग छ । निर्माण व्यवसायी बिकास चन्दको कम्पनीसंग ठेक्का सम्झौता भएर एक करोड ७२ लाख लागतमा काम भइरहेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।