निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान - Palikanews.com
Connect with us

समाचार

निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

  • 26
    Shares

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नु भयो, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।

महाकालीबाट दश क्युसेक पानी छाड्ने सहमति
प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भन्नुभयो, “बाहिर बाहिर राष्ट्रवादी देखिन,े भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् ।

प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताउनुभयो ।

उहाँले चाँदनी दोधारामा सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, सेती लोकमार्ग र महाकाली करिडरको निर्माणको काम अघि बढाउन लागिएको, गेटा विमानस्थलको थप स्तरोन्नतिको पहल गरिएको र निर्माणाधीन गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालनको तयारी भइरहेको तथा दार्चुलाको छाङ्रुमा मोटरेबल बाटो पु¥याउने र बैतडीमा फोस्फरस खानीको विकास गरिने जानकारी पनि दिनुभयो ।

प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा आज सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा सुदूरपश्चिमका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि समसामयिक विषयमा बोल्नुभएको थियो ।

  •  
    26
    Shares
  • 26
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

६१ स्थानीय तहको केन्द्रसम्म अझै छैन सडक

मुख्य समाचार51 years ago

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

प्रदेश २51 years ago

तराई क्षेत्रमा चिसोले जनजीवन कष्टकर हुँदै

बागमती51 years ago

भरतपुर अस्पतालमा आकस्मिक कक्ष बन्दै

गण्डकी51 years ago

मनकामना मन्दिरमा दर्शन गर्न बढ्दै

गण्डकी51 years ago

पोखरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

कर्णाली51 years ago

हुम्लाको पहिलो जनगागृति पुस्तकालय ओझेलमा

प्रदेश २51 years ago

राजमार्गको निर्माण द्रुत गतिमा

प्रदेश १51 years ago

झापा प्रशासनमा नागरिकता लिनेको भीड

मुख्य समाचार51 years ago

न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

प्रदेश १51 years ago

हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

फोटो फिचर51 years ago

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको दृष्य

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement