मालिकार्जुन गाउँपालिकामा अनिश्चतकालिन तालाबन्दी गरिएको छ । मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवन थक्तोली सार्ने निर्णय गरेको भन्दै शंकरपुर बजार व्यवस्थापन समिति र स्थानियहरुले शुक्रबार तालाबन्दी गरेका हुन् । गाउँपालिकाको प्रशासकिय भवन शंकरपुर बजार क्षेत्रकै आसपासमा हुुनुपर्ने माग सहित व्यापारी लगायत स्थानियले तालाबन्दी गरिएको मालिकार्जुन ४ हुनैनाथका स्थानिय रामसिह धामीले जानकारी दिनुभयो ।
पुुस २२ गते बसेको गाउँकार्यपालिकाको वैठकले मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को थक्तोलीमा गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्ने निर्णय भएको सुन्नमा आएकोले अनिश्चतकालिन तालाबन्दी गरिएको धामीले बताउनुभयो । गाउँपालिकामा तालाबन्दी हुदा कामकाज ठप्प भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दिने सम्पुर्ण कामकाज ठप्प हुदाँ स्थानिय नागरिक समस्यामा परेका छन् । गाउँपालिकामा तालाबन्दी गरेपछि शान्ती सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तालाबन्दी गरेसंगै थप संर्घषका कार्यक्रम गर्न संघर्ष समिति गठन गरिएको छ ।
सुरेशसिह धामीको अध्यक्षतामा १५ सदस्यीय संर्घष समिति गठन गरिएको संघर्ष समितिका सचिव मदनसिह धामीले जानकारी दिनुभएको छ । समितिको उपाध्यक्षमा देवकी खत्री र सचिवमा मदनसिह धामी रहनुभएको छ । संघर्ष समितिले पुस २२ गते वसेको गाउँकार्यपालिकाको वैठकले गाउँपालिकाको भवन थक्तोलीमा बनाउने निर्णय खारेज हुुनुपर्ने,राज्य पुर्न संरचना समितिलिे वडा नम्बर ८ को शंकरपुरमा केन्द्र कायम गरेकोले बजार क्षेत्रकै आसपासमा भवन निर्माण गरिनुपर्ने माग राखेको संघर्ष समितिका अध्यक्ष सुरेश सिंह धामीले जानकारी दिनुभयो । पुस २७ गते सम्म उक्त माग पुरा नगरे थप संर्घषका कार्यक्रम अगाडी बढाउने संर्घष समितिका अध्यक्ष धामीले चेतवानी दिनुभएको छ ।