संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नियूक्त भएपछि पहिलो पटक शनिबार साँझ गृह जिल्ला दार्चुला पुगेका ठगुन्नालार्ई बाजागाजा सहित स्थानीय , पार्टी नेता कार्यक्रता तथा सर्वसाधारणले फुलमाला तथा खादा ओडाएर स्वागत गरेका हुन् ।
धनगढीबाट दार्चुलाको गोकुलेश्वर, मालिकार्जुन हुदै खलंगा आउन लाग्नु भएका दार्चुलाबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य एबं मन्त्री ठगुन्नाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, बगौँरा, मालिकार्जुन गाउँपालिकाको वडा नम्वर ३ मड लगायत विभिन्न स्थानमा स्वागत गरिएको हो ।

गोकुलेश्वरमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त भनाई राख्दै ठगुन्नाले जनताले सुम्पिएको समृद्धि र विकासको गहन जिम्मेवारीलाई पुरा गरेरै छाड्ने बताउनुभयो । नेकपा अहिलेपनि नफुटेको बताउदैँ मन्त्री ठगुन्नाले कानुनले पनि राजनीतिक दल विभाजन गर्न सकिने अवस्था नरहेकोले आधिकारिकताको टुगों लाग्ने वित्तिक्कै नेकपाको मुलधार बाहिर गएको समुह पनि आफ्नै ठाउँमा फर्किने धारणा व्यक्त गर्नु भयो ।
नेकपाको आधिकारीकता टुंगो लागेपछि सबै समस्या समाधान हुने उहाँको भनाई रहेको छ । दार्चुलेली जनताको अमुल्य मतको सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरेको स्मरण गर्दै उहाँले सम्पुर्ण मतदाता एबं न्यायप्रेमी जनतालाई धन्यबाद ज्ञापन गर्नुभयो ।
दार्चुलाले मन्त्री पाउँनु दार्चुलेली जनताको जित भएको उहाँको भनाई छ । दार्चुला सदरमुकाम खलंगामा यहि पुष २७ गते जिल्लास्तरीय कार्यक्रम हुने भएकोले सहभागिताका लागि उहाँले सबैलाई अनुरोध गर्नुभयो । आफ्नो कार्यकाल भित्र दार्चुलाका गाउँठाँउको विकासका साथै देशका लागि दार्चुलेली जनताको नाम अमर रहने काम गर्ने बताउनु भएको छ ।
जनताको मन जित्ने हिसाबले छोटो समयमै महत्वपुर्ण कामहरु गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा नेता, कार्यकर्ताले जनताको बिचमा जादा देखाएर भन्न सकिने काम गर्ने धारणा राख्दै उहाँले स्थानीय देखि राष्ट्यि निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने दाबी गर्नुभयो । दार्चुलाको समग्र विकासका लागि आफुले काम गर्ने मन्त्री ठगुन्नाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री ठगुन्नालाई शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, बगौरा बजारका साथै मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मडमा रहेको देश कै सातौँ धाम मालिकार्जुन मन्दिरमा पुजा पाठ सगैं स्वर्गीय नेता प्रेम सिंह धामीको शालिकमा माल्यापण गरिएको मालिकार्जुनका स्थानीय भुवन सिंह धामीले जानकारी दिनु भयो ।