प्रदेश १
टोलदेखि घरसम्म पुगेर ज्येष्ठ नागरिकको सम्मान

- 16Shares
झापाका कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आउनुभएको छ । उहाँले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आउनुभएको हो । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै आउनुभएको छ ।
ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उहाँहरुलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको उहाँको भनाइ छ ।
“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भन्नुभयो, “आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।” उहाँले तीनदिन अघिदेखि शुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताउनुभयो ।
सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उहाँको भनाइ छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ, उहाँहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु”, उहाँले भन्नुभयो ।
सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उहाँहरुको पहिचान गरिएको उहाँले बताउनुभयो । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु पाँच हजारमा आफूले न्यानो सिरक थपेर वितरण गरेको बताउनुभयो ।
- 16Shares
16
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
