गण्डकी
ऊर्जामन्त्रीद्वारा तनहुँस्थित निर्माणाधीन जलविद्युत् आयोजनाको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज (सोमवार) स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको हालसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराएका थिए ।
आयोजनाको प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ । आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज–२ अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युतगृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ ।
प्याकेज–३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केइसी इन्टरनेशनले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ । त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ ।
निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।
आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
