हिउँद याममा राडीपाखी बनाउने सीप सिक्नमा व्यस्त - Palikanews.com
Connect with us

कर्णाली

हिउँद याममा राडीपाखी बनाउने सीप सिक्नमा व्यस्त

  • 15
    Shares

जुम्लाका ग्रामीण भेगका बासिन्दा हिउँद याममा राडीपाखी बनाउने सीप सिक्न व्यस्त छन् । राडीपाखीबाट आम्दानी बढ्न थालेपछि स्थानीयवासी सीप सिक्न तल्लिन भएका हुन् । तिला गाउँपालिका– १ का परने बस्नेतले राडीपाखी बनाउन सीप सिक्न शुरुआत गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, विशेषगरी पछिल्लो समय लोप हुँदै गएको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊन बुनेर आयआर्जन गर्न यहाँका ग्रामीण भेगका स्थानीयवासी लागिपरेका छन् ।

अधिकांश स्थानीयवासी भेडा बाख्रापालनदेखि खरायोपालनतिर पनि सक्रिया भइरहेका छन् । ऊन खेर गइरहेको थियो । सीप नहुँदा परम्परागत राडीपाखीबाहेक अन्य वस्तु उत्पादन हुन सकेको छैन । अनुकूलन कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णालीले एकमहिने राडीपाखी बुनाइ तथा सीप सुधार तालिम सञ्चालन गरेको थियो । दुर्गमका बासिन्दाले ऊनका विविध सामग्री तयार गरी बजारमा बिक्री गर्न थालेको वीरबहादुर रावतले जानकारी दिनुभयो ।

गलबन्दी, गलैँचा, राडीपाखी र कोटे कपडालगायतका सामग्री यहाँका स्थानीयवासीले बुन्न सिकेका छन् । तालिमका अवधिमा ऊनबाट राडीपाखीलगायत सामग्री बुन्न सिकेको उहाँले बताउनुभयो ।

गाउँमा पछिल्लो समयमा सीप सिकाएर आत्मनिर्भर बन्न र आम्दानीको स्रोत बढाउने विभिन्न प्रकारका व्यावसायिक सीपमूलक तालीम लिने गरेको सिञ्जा गाउँपालिका प्रवक्ता नवीन शर्माले बताउनुभयो । राडीपाखी र कम्बल बुनेर भेडाको ऊनको सदुपयोग गरेका छन् ।

राडीपाखीबाट ओढ्ने ओछ्याउने कपडाका लागि यहाँका स्थानीयवासी प्रयोग गर्न गरेको तातोपानी गाउँपालिका वडा नम्बर ४ का प्रेमराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, राडीपाखी बुनेर बिक्रीका लागि बजार अभाव भएको छैन सो सामग्री खरीद गर्न घरमै आउने गरेका छन् ।

राडीपाखीबाट गलैँचा, टोपी र गलबन्दी बुन्न सिक्ने अवसर पनि मिलेको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिकाका बासिन्दालाई राडीपाखी बुनाई सीप सिकाइएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले जानकारी दिनुभयो । स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थालेपछि गाउँका स्थानीयवासीको जीविकोपार्जनमा सहज भएको उहाँले बताउनसभयो ।

उहाँले भन्नुभयो, अहिले राडीपाखीको बजार मूल्य न्यूनतम रु चार हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ । जिल्ला आउने अधिकांश आन्तरिक पर्यटकले राडीपाखी खरीद गरेर लिने गरेका छन् । अब गलैँचा, गलबन्दी, टोपी बुन्न थालेपछि ऊनबाट उत्पादित वस्तुको मूल्य बढ्न सक्ने गाउँवासीको अपेक्षा रहेको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख पद्मप्रसाद उपाध्यायका अनुसार कार्यालयबाट विभिन्न प्रकारका सीपमूलक तालिम दिने गरेको र तीमध्ये ग्रामीण भेगका बासिन्दालाई राडीपाखी बुनाइमा राहत भएको उहाँले बताउनुभयो ।

जिल्लामा भेडापालन हुने गर्छ । यसबाट प्रशस्त ऊन उत्पादन गरेर गाउँवासीले आयस्रोतको गतिलो माध्यम बनाउन सकिने क्याप्स कर्णाली परियोजले जनाएको छ । परियोजनाले यहाँको तिला, तातोपानी र हिमा गाउँपालिकाका स्थानीयवासीलाई राडीपाखी बुनाइमा ती संस्थाले सहयोग गरेको छ ।

  •  
    15
    Shares
  • 15
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

सवारी दुर्घटना न्यूनीकरण गर्न टल्कने ट्राफिक कोन

कर्णाली51 years ago

हुम्लामा पनि फल्न थाले बोदीचित्तका बिरुवा, बन्न सक्छ नौलो आम्दानीको स्रोत

लुम्बिनी51 years ago

‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने तयारी

बागमती51 years ago

निर्माणाधीन गौतमबुद्ध रङ्गशालाका लागि ४ करोड सहयोग

कर्णाली51 years ago

रुकुम पश्चिममा पनि सुरुभयो कोरोना विरुद्धको खोप अभियान

बागमती51 years ago

कोरोनाविरुद्धको खोप अभियान भक्तपुर अस्पतालबाट शुरु

बागमती51 years ago

पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमनविरुद्ध राष्ट्रिय एकता अभियानको काठमाडौंमा प्रदर्शन

प्रदेश १51 years ago

मापदण्डको नियम उल्लघंन गर्दै मन्त्रीले लगाए कोरोना खोप

गण्डकी51 years ago

अझै सहारा पाएनन् ढोरपाटनका बाढीपीडितले

अर्थ51 years ago

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु

कर्णाली51 years ago

आगलागीबाट करीब तीन करोड भन्दा बढीको क्षति

प्रदेश २51 years ago

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement