रौतहटमा सहकारीको बिकास समृद्धिको अधार रहेको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनुभयो । जिल्लाको गौर नगरपालिकाको आइतवार रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजित सनराइज विक्तिय कारोबार गर्ने सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख गुप्ताले सम्बोधन गर्दै सहकारीको अबधराणा हामी जस्तो बिकासशील देशकोलागि अति उपयोगी रहेको बताउनु भएको हो । सहकारीको प्रयासमा गरिबी निवारण गर्न सकिने र समृद्ध नेपालको परिकल्पना पुरा हुन् सक्ने उहाँको भनाई छ ।
गौर नगरपालिकाले सहकारीलाई प्रबर्द्धन गर्ने नीति लिएको छ ,र हामी प्रत्येक सहकारी संस्थाहरुको बिकास र प्रगतिको लागि बचनबद्धसमेत वहाँले बताउनभयो । नगर प्रमुख गुप्ताले सबै निजि क्षेत्रलाई सामाजिक अभिभारा समेत पुरा गर्न आग्रह गर्नुभयो । उहाँले सबै सहकारी लगायात सबै निजि क्षेत्रले मुनाफाको न्यनतम भाग पनि सामाजिक क्षेत्रमा लगाए सामाजिक परिवर्तनमा टेवा पुग्ने उहाँको भनाई छ ।
सडक , नाला बनाउनु पर्दैन,त्यो सबै नगरपालिकाले गर्छ तर कमाइको केहि हिस्सा सामाजिक काममा खर्च गर्दा यसले संस्थाकै फाइदा हुने छ । उहाँले भन्नुभयो सहकारी आम नागरिकको पुजी जम्मा हुने थलो भएकोले सो को सुरक्षाको पनि ग्यारेन्टी आवस्यक रहेको बताउनुभयो ।
नगरपालिकाले ऐन कानुनको आधारमा सबै सहकारी संस्थाको अनुगमन गर्ने बताउदै उहाँले नियम बिपरितको गतिबिधि संचालन भएको फेला परेमा कारवाही समेत गरिने चेतावनी दिनुभएको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख किरण ठाकुरले सहकारी बडो पवित्र संस्था रहेको बताउदै सोको गरिमा कायमै राख्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले गाउँमा सहकारी, घर घरमा रोजगारी भन्ने नारा पुरा गर्नु पर्ने अभिभारा सबैको काँधमा आएको बताउनुभयो ।
साधारण सभाको खुल्ला सत्रका बीच सनराइज बित्तिय कारोवार गर्ने सहकारी संस्थाका अध्यक्ष असरफ अलिले संस्थाका लेखाजोखा र सचिव मौजेलाल साहले आर्थिक बर्ष २०७६÷०७७ को संस्थाको नाफा नोक्सान बिबरण प्रस्तुत गर्नु भएको थियो ।